ताम्लिङ् लिम्बू सरोकार समाजको प्रथम अधिवेशन सम्पन्न

  • सेसेहाङ फियाक लिम्बू

झापा/ लिम्बू/याक्थुङ् जातिका एक थरिय ताम्लिङ् लिम्बू सरोकार समाजको प्रथम केन्द्रीय अधिवेशन सनिवार विर्तामोड झापामा सम्पन्न भएको छ । अधिवेशनले सुवेदार गजेन्द्र ताम्लिङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जानकारी गराएको छ ।

विर्तामोड झापास्थित हिमाल सागर पार्टी प्यालेसमा बैशाख ६ गते शनिवार अधिवेशनका प्रमुख अतिथि सङघीय संसदकी माननीय उप-सभामुख इन्दिरा राणाले उद्घाटन गरि प्रारम्भ भएको अधिवेशन आइतवार सकिएको जानकारी सरोकार समाजले जनाएको छ ।

बैशाख ६ र ७ गते सम्पन्न अधिवेशनद्वारा केन्द्रीय कार्य समितिको अध्यक्षमा सुवेदार गजेन्द्र ताम्लिङ्, उपाध्यक्षमा देउ बहादुर ताम्लिङ् र मञ्जु ताम्लिङ्, महासचिवमा जीवन कुमार ताम्लिङ्, सचिवमा भिम ताम्लिङ् र मनि ताम्लिङ्, कोषाध्यक्षमा हिमाल ताम्लिङ् निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा हर्क ताम्लिङ्, पुर्ण कुमार ताम्लिङ्, पदम ताम्लिङ्, फिपराज ताम्लिङ्, प्रेम ताम्लिङ्, दुर्गा ताम्लिङ्, शुसिला ताम्लिङ्, सावित्रा गुरुङ ताम्लिङ् निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्य समितिमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समितिका संयोजक सेसेहाङ् फियाक लिम्बूले लिम्बू ताम्लिङ् सरोकार समाजको विधान अनुरसार पदीय जिम्मेवारीको सपथ ग्रहण गराएका छन् ।

ताम्लिङ् लिम्बू सरोकार समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनलाई संवोधन गर्दै प्रमुख अतिथि सङ्घीय संसदकी माननीय उप-सभामुख इन्दिरा राना, अतिथि भारत सिक्किम प्रान्तका पूर्व मन्त्री माननीय नरेन्द्र कुमार ताम्लिङ्, विर्तामोड नगर पालिकाका उप-मेयर नगेन्द्र संग्रौला, कलाकार सञ्चमान ताम्लिङ्, नेपाल अादिवासी जनजाति महासंघका केन्द्रीय सचिव भुवन राजवंशी, किरात याक्थुङ चुम्लुङका सङघीय सदस्य अमृत योङहाङ्, किरात याक्थुङ चुम्लुङ झापा शाखा अध्यक्ष सेसेहाङ् फियाक, लिङदेन कुल वंश उत्थान संघका केन्द्रीय कोषाध्यक्ष लगायतका महानुभावहरुले अधिवेशन सफलताको शुभ-कामना मन्तव्य गरेका थिए ।

ताम्लिङ् लिम्बू सरोकार समाजका केन्द्रीय अध्यक्ष खड्ग बहादुर ताम्लिङको सभापतित्वमा सम्पन्न अधिवेशनमा ताम्लिङ् परिवारका दर्जन भन्दा बढी जेष्ठ नागरिक र समाजमा योगदान पुर्याउने राजनीतिज्ञ, समाजसेवी लगायत गन्यमान्यलाई दोसल्ला अोडाएर विशेष सम्मान गरिएको थियो ।

अधिवेशनमा अध्यक्ष र कोषाध्यक्षद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरि पारित गरिएको थियो भने विधानका केही तफाहरू आवश्यक संशोधित सहित पारित गरिएको समाजले जनाएको छ ।

२०७४ सालमा स्थापना भएको सरोकार समाजको अधिवेशनमा नेपालका काठमाण्डौ, पान्थर, इलाम, ताप्लेजुङ्, झापा, मोरङ् र भारतका आसाम, सिक्किम र मणिपुरबाट आएका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न अधिवेशनको कार्यक्रम सचिव जीवन कुमार ताम्लिङले सञ्चालन गरेको थियो भने राष्ट्रिय कलाकार गङ्गा फियाक लगायतका स्थानिय कलाकारहरूले पालाम लगायत अाधुनिक गीत बेजोडका साथ प्रस्तुत गरेका थिए ।