- सेसेहाङ हुक्पा चोङबाङ
तेह्रथुम, ४ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर गाउँ शाखाकाे अधिवेशन सम्पन्न भएकाे छ ।
शनिबार कियाचु जिल्ला शाखा तेह्रथुमको सभाहलमा कियाचु लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया तिगेला(सिङ्गक) ज्युको प्रमुख आथित्यता कियाचु मेयङलुङ नगर समितिकाे दाेस्राे अधिवेशनले साम थाम्देनको अध्यक्षतामा १५ सदस्य नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा डम्वर खापुङ, सचिव अनिशा तेयुङ, सहसचिव सुर्य थेगुवा र कोषाध्यक्षमा तुलामाय नेयोङ निर्वाचित भएका छन् । यसरी नै सदस्यहरुमा गंगा माया तिगेला, पविना संबाङ्फे, देबि आङ्बुङ, देविनारायन संबाङ्फे, मिना निङ्लेकु, शन्तोश आङ्बुङ, लक्ष्मी तेन्युङ, पार्वती तेन्युङ, धनसुन्दर आङ्बुङ र प्रेम सोदेम्बा रहेका छन् ।
यसैगरी कियाचु छथर शाखा तेह्रथुमले तेश्रो अधिवेशन सम्पन्न गरेको छ ।
अधिबेशन छथर गाउँपालिका अध्यक्ष सन्तोस तिगेलाको प्रमुख अतिथ्यतमा नन्द प्रसाद तुमखेवाको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष दुर्गा बहादुर कुरुम्भङ, सचिवमा लोकेन्द्र पयाङ्गु, सहसचिवमा नगेन पाक्सावा र कोषाध्यक्षमा कृष्ण तिगेला निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा डिल्लीमान पारघरी, टेक बहादुर सान्वा, रीता लिम्बु, मनकुमारी लिम्बु, प्रेम बहादुर सान्वा, कल्पना लिम्बु, रुपना लिम्बु र कविता लिम्बु रहेका छन् ।
कार्यक्रममा विशेष अतिथि कियाचु तेह्रथुम जिल्ला कार्य समितिका उपाध्यक्ष तुलसीमान तिगेला लगायत कियाचुका आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो ।