सेसेहाङ हुक्पा चोङबाङ
आठराई/ किरात याक्थुङ चुम्लुङ आठराई गाउँ शाखा समितिको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिबार तेह्रथुमको आठराईमा भएको किरात याक्थुङ चुम्लुङ आठराई गाउँ शाखा समितिको तेस्रो अधिबेशनमा कियाचु संघीय उपाध्यक्ष कमला फोम्बोको प्रमुख आतिथ्यतामा राम कुमार इङनाम अध्यक्षतामा १७ सदस्यीय गाउँ शाखा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा ओम कुमार कन्दङवा, सचिवमा सुशील कन्दङवा,सहसचिवमा शिक्षिका लिम्बू र कोषाध्यक्षमा भुवन किशोर इङनाम चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा क्रमश: दिवश सिंगक,नइन्द्र कन्दङवा,राम चन्द्र कन्दङवा,संगिता लिम्बू,नरेन्द्र फोम्बो,राजेश इङनाम,लक्ष्मी कन्दङ्वा,भिमराज कन्दङ्वा,चन्द्र बहादुर कन्दङवा,चन्द्र इङनाम,गणेश कन्दङवा र टिकाराज फोम्बो रहेका छन् ।
अधिवेशनमा कियाचु तेह्रथुम जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ जिल्ला सल्लाहकार जय प्रकाश इङनाम जिल्ला सदस्यद्वय कुमार कन्दङवा र करिना थलङ कियाचु पुर्व आठराइ अध्यक्ष मृगेन इङनाम लगायतको उपस्थिति रहेको थियो ।