तेह्रथुम, २२ चैत्र / लिम्बु पत्रकार संघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार तेह्रथुमस्थित लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको महाधिवेशनबाट सन्देश सुब्बा अध्यक्षमा निर्वाचित भएका हुन् ।
लालिगुरास नगरप्रमुख अर्जुनबाबु माबुहाङको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनको बन्दसत्रले उपाध्यक्षहरुमा सचितानन्द लिम्बु, महिला उपाध्यक्षमा सुजता लिम्बु,महासचिवमा जीवन योङहाङ लिम्बु, सचिवहरुमा ज्ञानु केदेम,सम्पदा लिम्बु र कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई चयन गरेको हो ।
यसैगरी समितिका सदस्यहरुमा विना लिम्बु, मौसमी लिम्बु, धनबहादुर लिम्बु, सिंहबहादुर लिम्बु लगायत १७ सदस्यीय कार्य समिति चयन भएको हो र विधान अनुसार २१ सदस्यीय समितिमा थप सदस्यहरु पछि मनोनयन गर्ने निर्वाचित अध्यक्ष सुब्बाले वताए ।
कार्यक्रममा प्रमुख अतिथि मेयर माबुहाङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का महासचिव हिमा चेम्जोङ, फोनिज प्रदेश नं. १ का अध्यक्ष विजयबोध लाओती, निवर्तमान फोनिज अध्यक्ष सन्तवीर लामा, किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ चोङबाङ, नेपाल पत्रकार महासंघ तेह्रथुम जिल्ला अध्यक्ष टिआर सेनेहाङ, लिम्बु भाषा इतिहास तथा साहित्यकार सेसेमी से नाल्बो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तेह्रथुमको चोत्लुङ पार्कमा भएको उक्त कार्यक्रम अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा भएको थियो ।
