काठमाडौं/सेच्छेरे सेनेहाङका सन्तान एवम् तिम्तिम्बाे, चाङ्धुम्बाे (च्याङ्थापु, फलैँचा)लाई माङ्गेन्ना यक् मान्ने छथरी थेबे वंशी (थुप्पुकाे थेबे, सिङ थेबे, सिगु, हेम्ब्या, माङ्धुम्बाे, इङ्वारम)हरूकाे जमघट कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
बिहीबार भएको भेलामा थेबे वंशीहरूकाे आपसी सद्भाव, भाइचारा र एकताउपर छलफल भयो । त्यस्तै, याक्थुङ भाषाका प्रचारक र सिरिजङ्गा लिपिका निर्माणकर्ता लिम्बुवान, याङ्वरक थुम, सिनाम-तेल्लक (ग्रेटर सिनाम)का सिरिजङ्गा सिं थेबेकाे याेगदान उपर चर्चा परिचर्चा भएकाे थियोे ।
जातीय उत्थान र पहिचानका लागि मात्रै नभएर याे मुलुक बन्नमा समेत याक्थुङ समुदाय र सिरिजङ्गा थेबे उच्च याेगदान रहेको याक्थुङ मुन्धुम तथा इतिहासका खाेजकर्ता, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङले बताए । त्यस्तै, साँस्कृतिक अभियन्ता एवम् अध्येता अमित थेबेले समेत सिरिजङ्गाकाे तथ्य, भाषिक याेगदान र लिपिबारे चर्चा गरे ।
कार्यक्रममा एमाले नेता एवम् युवा सङ्घ नेपाल अध्यक्ष क्षितिज थुप्पुकाे थेबे, काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घका केन्द्रीय नेता भूपेन्द्र सिङ थेबे, नेपाल प्रहरीका प्रहरी उपरीक्षक केशव माङ्धुम्वाे थेवे, सिङ्गापुर पुलिस फाेर्सका अ.प्रा. अधिकृत अमृत थुप्पुकाे थेबे लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम अधिवक्ता रन बहादुर सिङ थेबेकाे अध्यक्षतामा भएको हो भने माेहन थेवेले सञ्चालन गरेका थिए । साे अवसरमा नेविसंघका नेता एवम् लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय सदस्य ज्ञानेन्द्र इङ्नामकाे समेत उपस्थिति रहेको थियोे ।