- मुसाहाङ अम्याङसा
पुस २८ दमक/ साहित्य कला संगमद्वारा आयोजित १४१ औँ लेखनाथ जयन्ती तथा पुरस्कार अर्पण समारोह शनिबार सम्पन्न भएको छ ।
झापाको दमक ७, र ६ मा अवस्थित कवि शिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यार्पण गरी पौडेल वंश उत्थान प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा सिस्नुपानी नेपाल अध्यक्ष,हास्यव्यङ्ग्य कवि, लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यतामा सङ्गमका पूर्वअध्यक्ष, स्वर्गीय रुद्र निरौलाको स्मृतिमा स्थापित रुद्र निरौला स्मृति पुरस्कार २०८१ द्वारा इलामकी कवि रिता पोख्रेल पुरस्कृत भएकी छिन् । त्यस्तै सङ्गमकै सञ्चालक सदस्य विरेन्द्रकुमार खड्काले आफ्ना मातापिताका नाममा राख्नुभएको चन्द्रवीर खड्का स्मृति पुरस्कार २०८१ म्याराथन धावक सरोज सिंहलाई अर्पण गरिएको छ ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठान निवर्तमान अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकार जीवनहरि शर्मा, प्रतिभा निकेतन दमक अध्यक्ष कमलराज भट्टराई र गौरादह जेसस अध्यक्ष खड्ग बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता,स्वागत मन्तव्य उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शकले राखेका थिए भने संचालन महासचिव दीपक सुवेदीले गरेका थिए ।
कार्यक्रममा विभिन्न स्रष्टाहरुले कवि शिरोमणि लेखनाथ पौडेललाई सम्झँदै लक्ष्मण गाम्नागे,तुलसीप्रसाद भट्टराई, दुर्गा सिग्देल, दिलिप राई सगर, विवेक दुलाल क्षेत्री, शारदा निरौला, राम उपाध्यायले रचना वाचन गरेका थिए ।
कार्यक्रममा यादव अधिकारी झाँक्रीखोले, सदस्य डाक्टर लेखनाथ न्यौपाने , सदस्य मेघनाथ बन्धु खेमलाल पोखरेल, गोपाल दाहाल, शिशिर भट्टराई, डिल्लीराम निरौला, अम्बिकाप्रसाद सापकोटा, सीता ढुङ्गेल, खड्गबहादुर खड्का, एन.वी. दाहाल लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

