तुम्बेवा/ पान्थरको तुम्बेवा गाउँपालिकामा पहिचानवादी मोर्चा पाँचथरको तुम्बेवा गाउँपालिकामा आज समिति गठन भएको छ ।
मोर्चाका संयोजक प्रा.डा महेन्द्र लाओतीको प्रमुख आथित्यतामा भएको भेट्घाट तथा सङ्गठन बिस्तार कार्यक्रम मार्फत संयोजक दिलप्रसाद लाओती, सहसंयोजक कर्णबहादुर राई, गणेश कार्की र सदस्य सचिव सेसेहाङ लाओती सहित २६ सदस्यीय पहिचानवादी मोर्चा तुम्बेवा गाउँपालिका समिति गठन गरेको हो ।
त्यसै गरि नगेन्द्र लाओतीको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
कार्यक्रममा मोर्चाका संघीय संयोजक प्रा. डा. महेन्द्र लाओतीको प्रमुख आतिथ्यमा, सहसंयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिब केदार धिमाल, संघीय सदस्य तिलक राई र रोशन लाओतीको उपस्थिति रहेकोे जेन्टल लौतीले बताए ।