धरान/ सम्बाहाङ्फे उत्थान संघ केन्द्रीय कार्य समितिको चौथो राष्ट्रिय महाधिवेशन तथा पुस्तक विमोचन हुने भएको छ ।
सुनसरीको धरान स्थित कियाचु चुम्लुङहिममा आगामी मङसिर २२ र २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान पुर्व कुलपति बैरागी काईलाको प्रमुख आतिथ्यमा सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न हुने भएको हो ।
सम्बाहाङ्फे उत्थान संघको चौथो राष्ट्रिय महाधिवेशनमा सङबाङफेहरुको तीन दशक लामो प्रयासमा तयार पारिएको सम्बाहाङफे बंशावली विमोचन हुने साहित्यकार थाकुहाङ मेरिङ सम्बाहाङफेले बताए ।
