पहिचानवादी मोर्चा क्यानडा समिति गठन

पहिचानवादी मोर्चाको क्यानडा समिति गठन सम्पन्न भएको छ ।

पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा क्यानडावासी नेपालीहरुको भर्चुअल बैठकबाट पहिचानवादी मोर्चाको क्यानडा समिति दिपेस थलङको संयोजकत्वमा ९ सदस्यीय रहेको समिति गठन गरेको छ भने सदस्यहरु क्रमश: जनक चेम्जोङ,भगिराज चोङबाङक्याक,बिरकाजि गुरुङ,चन्द्रधोज राई,राजकुमार राई,सोम बहादुर चेम्जोङ,सुरेन्द्र लाओती र आदि याक्थुङबा रहेको समिति गठन गरेको पहिचानवादी मोर्चा संघीय सदस्य तथा कार्यालय विभाग प्रमुख खगेन्द्र माखिमले बताए ।