जसपा नेपालका तीन जसपाले प्रदेश १ मा पुनर्गठन सके

  • कमन देवान

मङ्सिर १४,इटहरी/ जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठनहरु समाजवादी विद्यार्थी युनियन नेपाल, समाजवादी युवा संघ नेपाल र समाजवादी महिला संघ नेपालको प्रदेश १ स्तरीय समितिहरु पुनर्गठन गरिएको छ ।

शुक्रबार इटहरीमा आयोजित महिला, युवा, विद्यार्थी प्रदेशस्तरीय संगठन पुनर्गठन कार्यक्रमका बीच जसपा नेपालका तीन वटै जसपाका प्रदेश समितिहरु पुनर्गठित गरिएका हुन् ।

सागर सरगम चेम्जोङको अध्यक्षतामा २६ सदस्यीय समाजवादी विद्यार्थी युनियन नेपाल प्रदेश नम्बर १ पुनर्गठन भएको हो
समितिको उपाध्यक्षमा मिथिलेस यादव,मुख्य सचिवमा राकेश कुमार यादव,सचिवहरुमा क्रमश: युन्छोहाङ लिम्बू , आकाश लाओती रहेको छ । यसरी नै सदस्यहरुमा क्रमश: चन्दन बैठा,पङ्कज कुमार विराजी,जय नन्द यादव,रोजा जबेगु,बुद्धराज सोधुङ,मेरिना योङहाङ, सङ्गीता राई,प्रयास राई,राजन यादव,रेनु कुमारी मण्डल,सुरज साह,मनोहर सिङ्ह,रिकेश यादव, ओम लिम्बू, नितेश यादव,सन्देश कुलुङ राई,अर्जुन लाबुङ,ललिता फागो,आरति लिम्बु,धर्मेन्द्र राम र राधेश्याम यादव रहेका छन् ।

त्यसैगरी दिनेश राईको अध्यक्षतामा २४ सदस्यीय समाजवादी युवा संघ नेपाल पुनर्गठन भएको हो । समितिको उपाध्यक्षहरुमा सरोज यादव, प्रभुराम राई, सुरेन्द्र यादव, मुख्यसचिवमा सुरेश याम्फू,सचिवमा देवेन्द्र यादव, गणेश सम्बाहाङ्फे रहेका छन् भने सदस्यहरुमा क्रमश: क्षीतिज मगर,लादेन छिरिङ भोटे,मनोज दर्जी,बुलन चेम्जोङ,कृष्ण नाल्बो,राम थाम्सुहाङ,सुवास जवेगु,बिशा प्रसाद साह,छत्रप्रसाद राई,धनीराम नछुङ,सञ्जय कुमार साह,रमेश यादव,सुरज तमोली,कमल हाङसरुम्बा,बबिन चेम्जोङ लिम्बू,सन्तोष तुम्बापो र दिवस लाओती रहेका छन् ।

त्यस्तै ओममाया आङ्देम्बेको अध्यक्षतामा १७ सदस्यीय समाजवादी महिला संघ नेपाल पुनर्गठन भएको हो । समितिको उपाध्यक्षहरुमा राजकुमारी यादव,अञ्जु खड्का,सचिवमा रिता खापुङ,लाक्पा डोमा शेर्पा,सह सचिवमा चन्द्रकला राई,कोषाध्यक्षमा बिनिता सिंह, सदस्यहरुमा क्रमश: बदमिया,हेमनसरी राजवंशी,कौशिला राई,दिलकुमारी राई,शर्मिला राई,इन्दु राई,बबिता दनुवार,सुकरमुनी बेस्रा,नर्मला मण्डल,जयमुन निसा र कमला शर्मा रहेको समिति चयन गरेको छ ।

अशोक राई समूहले पार्टी विभाजनको औचित्य पुष्टि गर्नै सकेन सह–अध्यक्ष चेम्जोङ सो कार्यक्रममा जसपा नेपालका सह–अध्यक्ष रकम चेम्जोङले पार्टी विभाजन गरेर गएको अशोक राई समूह पहिचानको आन्दोलनबाट ओझेल परेको बताए ।
पूर्वमन्त्रीसमेत रहेका चेम्जोङले राईको नेतृत्वमा पार्टी विभाजन गर्ने समूहले विभाजन गर्नुको औचित्य पुष्टि गर्न नसकेको दावी गरे । ‘अशोक राईजीहरु पार्टी विभाजन गरेर त जानुभयो, तर राजनीतिक रङ्गमञ्चबाटै हराइसक्नु भयो । पार्टी विभाजनको औचित्य पुष्टि गर्न सक्नुभएको छैन’, उनले भने ।
उत्पीडित आदिवासी जनजाति, मधेसी, दलित, महिलाहरुको मुक्ति र अधिकार स्थापित गर्न गठन गरिएको पार्टी पटक–पटक विभाजित हुनुमा चेतनाको कमी नै मुख्य कारण भएको सुझाउँदै उनले तत्काल अशोक राईहरु बाहिरिँदा जसपा नेपाल केही कम्जोर जस्तो देखिए पनि अहिले पुनः लय समातेर अघि बढेको बताए ।

सम्बोधनका क्रममा जनताको विश्वास अब जसपा नेपालसँग मात्रै रहेको भन्दै चेम्जोङले ‘दलितको, महिलाको, आदिवासी जनजातिको, मधेसीको समावेशीकरण र आरक्षण खोस्न लागि परेका काँग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपालगायत पार्टीले कसरी उत्पीडितको समावेशीताको रक्षा गर्न सक्छ ?’ भन्दै प्रश्न गरे ।
उनले भने, ‘उनीहरुले (काँग्रेस, एमाले) सरकार गठन गर्दा नै समावेशी र समानुपातिक हटाउन संविधान संशोधन गर्ने भनेर हस्ताक्षर गरिसकेका छन् । अब यी पार्टीले कसरी उत्पीडित समुदायको पक्षमा लड्छन् भनेर विश्वास गर्ने ? यो त ठट्टाको मात्रै विषय हो ।’
पहिचान र अधिकार प्राप्तिका लागि प्रदेश १ मा जसपा नेपालले संयुक्त संघर्ष समितिसँग मिलेर कोशी नाम खारेजीको आन्दोलनलाई थप सशक्त बनाउनु पर्ने धारणा राख्दै उनले अब पहिचानको आन्दोलनको नेतृत्व जसपा नेपालबाट मात्रै सम्भव हुने दावी गरे ।
काँग्रेस र एमालेले संसदीय लोकतन्त्रको मर्मविपरित पहिलो र दोस्रो पार्टीको साँठगाँठमा सरकार गठन गर्नुको उद्देश्य आफ्नो भ्रष्टाचारी नेता जोगाउन र फसेकालाई उकास्नका निम्ति भएको चेम्जोङले आरोप लगाए ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव एवम् संविधानसभा सदस्य राजकुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् पूर्व प्रदेश मन्त्री जयराम यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य अर्जुन थापा, प्रदेश अध्यक्ष दिपक याक्खा, केन्द्रीय सदस्यहरु रञ्जु वर्मा, शिवबहादुर बस्नेत, शशी लिङ्देन, किरात राष्ट्रिय समिति अध्यक्ष डिके रानोहोछा, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादवलगायतले शुभकामना व्यक्त गरेका थिए ।
समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष दिनेश राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अतिथिलाई समाजवादी महिला संघ नेपालकी अध्यक्ष ओममाया आङ्देम्बेले स्वागत गरेकी थिइन् भने समाजवादी विद्यार्थी युनियनका प्रदेश १ अध्यक्ष अञ्जिलहाङ किरातीले कार्यक्रम सञ्चालन गरेका थिए ।