‘साम्याङ अम्लेङ’ को म्युजिक भिडियो सार्वजनिक

धरान/लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत बिहिवार युटुब च्यानल ओपेरा इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको लिम्बू भाषाको पालाम ‘साम्याङ अम्लेङ्’ को म्युजिक भिडियो यासेली योङहाङको शब्द, गोमा लिम्बू र विवस नेम्बाङको स्वर रहेको गीतलाई मोनि ताम्लिङ्ले निर्देशन गरेका हुन ।

गोमा लिम्बूको लय संकलन, हेमन्त तामाङको छायांकन, अशोक मञ्डलको शृङ्गार रहेको गीतलाई सुनिल निर्दोषी पारघरी खजुमको निर्माण रहेको छ ।
भिडियो इलाम र झापाको विभिन्न ठाउँहरुमा छायांकन गरेको हो ।
भिडियोमा गोमा लिम्बू, उमेश सेलिङ, फुल कुमारी सेर्मा, सम्झना लाओती,विनिता सङमी, विनिता सङबाङफे, निशा लाओती, सावित्रा चबेगु, रश्मि योङहाङ, कविता योङहाङ, विद्या लिम्बू, प्रेम सुब्बा, दुर्गा थेगिम, पदम सङबाङफे, पदम ताम्लिङ, सरोज चबेगु, मिलन आङदेम्बे, सुशील येक्तेन, युवराज योङहाङ, बिबि लिम्बू सुखिम, बखत आङदेम्बे लगायतको अभिनय रहेको निर्माता सुनिल निर्दोषीले बताए । हेर्नुस् भिडियो –