दमक/ सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ” सिरिजङगा दर्पण” लोकार्पण कार्यक्रम सम्पन्न भएको छ।
झापाको दमक नगरपालिका – १, येहाङ्नगरस्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा साहित्यकार गिरिभक्त सोङमेनको प्रमुख आतिथ्यमा सिरिजङगा टोल विकास संस्थाको मुख पत्र ” सिरिजङगा दर्पण” मङ्सिर ३ गते लोकार्पण भएको छ।
कार्यक्रममा जनसेवा टोल विकास संस्था सचिव तारा खापुङ, सिरिजङ्गा टोलकै पुर्व अध्यक्ष, सचिव, कोषाध्यक्षहरु लगायत टोलबासि सदस्यहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी सोही कार्यक्रममा ” एक जन्म दुई जिन्दगी “रुबाईकार एल. बि. राईलाई टोलबाट रुबाई सङग्रह २५ थान पुस्तकको मुल्य सात हजार सात सय रुपैयाँ सहयोग वापत टोल अध्यक्षबाट हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रम सिरिजङगा टोल अध्यक्ष सेसेमी से.नाल्बोको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिब कृति कुरुम्भङले गरेकी थिइन् ।
