दमकमा किरात सिरिजङगा लिपिको १० दिने प्रशिक्षण समापन

झापा दमक/ दमक बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको १० दिने किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रम शनिवार समापन गरेको छ ।

भदौ ११ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम शनिवार विशेष कार्यक्रमको आयोजनासँगै समापन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम लिम्बू साहित्य प्रतिष्ठान दमकका कुलपति तथा साहित्यकार सेसेमी सेरेङ नाल्वोको प्रमुख आतिथ्यतामा लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाई शाखाको आयोजनामा सम्पन्न गरिएको लिपि प्रशिक्षण कार्यक्रममा ६१ जना प्रहिक्षार्थीहरू सहभागी थिए । सो प्रशिक्षणमा सहभागिहरूलाई भाषा तथा लिपि अभियन्ता थेयुसा फागोले प्रशिक्षित गर्नुभएको थियो ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ फियाक, चुम्लुङ दमक नगरका नगर अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङ, लेखक तथा साहित्यकार बिक्रम वनेम, प्रशिक्षक थेयुसा फागो, दीपक मादेन (स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सचिव, भिजन चेम्जोङ (स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस उपसचिव), आशिष लिम्बु (स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सदस्य), सबिन गौतम (स्वतन्त्र विद्यार्थी युनियन दमक बहुमुखी क्याम्पस सदस्य), प्रभात मुकारुङ (किरात राई विद्यार्थी सङ्घ दमक बहुमुखी क्याम्पस अध्यक्ष), उमेश चाम्लिङ (किरात राई विद्यार्थी सङ्घ दमक बहुमुखी क्याम्पस वरिष्ठ उपाध्यक्ष) लगायतका महानुभावहरूले किरात सिरिजङगा लिपि र याक्थुङ भाषाको चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

लिम्बू विद्ध्यार्थी मञ्च दमक बहुमुखी क्याम्पस इकाईकी अध्यक्ष बिनिता नेम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका कोषाध्यक्ष उदय फियाकले स्वागत मन्तव्य राखेका थिए भने मञ्चका सचिव प्रकाश लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए