दुर्दिम्बामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिक शिलान्यास

  • मुसाहाङ अम्याङ्सा

दुर्दिम्बा १३  भदौ/ पाँचथरको मिक्लाजङ गाउँपालिका -८ दुर्दिम्बामा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लि्ङदेन ज्यूको सालिक आज शिलान्यास गरेको छ ।

बिहिवार विहान ठिक ८ बजे पाँचथर मिक्लाजङ -८, दुर्दिम्बाको सोमबारे बजारमा माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो भनि सिवाखाहुन दिनुहुने दार्शनिक किरात धर्म दर्शनका पुनः उत्थापक, महान समाज सुधारक तथा नेपालको राष्ट्रिय बिभूति महागुरु फाल्गुनन्दको सालिक स्थानीय जनप्रतिनिधि वडाध्यक्ष रामेश्वर वाजीको हस्तबाहुलीबाट फाल्गुनन्द सालिकको शिलान्यास गर्नु भएको छ ।

कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा केन्द्रीय सदस्य मोहन तुम्सा, धनकुटा चौबिसे-२ वडाध्यक्ष एनोज तुम्सा, पान्थर मिक्लाजङ -८ वडा सदस्य नोबिम गौतम, पान्थर मिक्लाजङ-८ कियाचु वडा शाखा अध्यक्ष मेघराज पङयाङगु, सोमबार बजार ब्यवस्थापन समिति अध्यक्ष युवराज थक्सु,पुर्व शिक्षक समाजसेवी नाइन्द्रराज थक्सु,शिक्षक भिमलाल नेपाली लगायत किरात धर्मलम्वी भक्तजनहरुको उपस्थिति रहेको थियो ।

सालिक आगामी २०८२ कार्तिक २५ गते उद्वघाटन गर्ने गरी २५ लाखको लागतमा फाल्गुनन्द सालिक निर्माण गरिने फाल्गुनन्द सालिक निर्माण प्रवास समिति संयोजक आइन्द्र बिक्रम वाजीले बताए ।

शिलान्यास फाल्गुनन्द सालिक निर्माण समिति संयोजक गणेश वाजीको अध्यक्षतामा सम्पन्न भएको हो ।