तेह्रथुम/ तेह्रथुमको म्याङलुङ नगरपालिका वाड नं. १ मा रहेको येग्गेडाडामा किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवन ७० प्रतिशतले काम सम्पन्न भएको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत २०८०/०८१ सालको योजनामा ५० लाखको १७ प्रतिशतको बिलोमा काठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले ठेक्का पारेको थियो । ठेक्का पाए लगतै २०८० साल चैत्र १४ गतेबाट काम सुरू गरेको योजनालाई २०८१ सालको असार १५ गते सम्मनमा काम सम्पन्न गर्ने गरी कामलाई तीब्र रुपले अगाडी बढीरहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताए ।
हाल सम्ममा उक्त भवनको काम ७० प्रतिशतले सम्मन्न भएको र बाकी ३० प्रतिशत भवनको काममा मेसीनरी वाल,प्लास्टर र रङ रोकनको काम मात्र रहेको छ । सो कामलाई २०८१ साल असार १५ भित्रमा सम्मन्न हुने गरी काम धमाधम सन्चालन भईरहेको कम्पनीका प्रोजेक्ट मेनेजर सुबाश बाबुु मगरले बताउनुभयो । १९८५ सालमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनले सात दिन सात राती होमादी गर्नुभएको पबित्र ठाउमा उक्त भवन बन्न लागेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको साहित्यिक समिति अध्यक्ष साम थाम्देन थाङबेनले बताउनुभयो ।
भवन नहुदा उत्थान संघले बैठक बस्न र बिभिन्न कार्यक्रमहरु संन्चालन गर्न समस्या भएको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका कोषाअध्यक्ष रेबत साउदेनले बताउनुभयो । भवन निर्माणका लागी शहरी बिकास मन्त्रालयबाट ५० लाख रकम बिनियोजीत भएपछि भवनको काम धमाधम भईरहेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले बताउनुभयो ।
भवन सम्पन्न भए पछि किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमले बिभिन्न कार्यक्रम तथा बैठक सन्चालमा सहजता हुने समितिले जनाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गतका २०८०/०८१ मा तेह्रथुम जिल्लामा काठमाण्डौमा रहेको के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनीले म्याङलुङ नगरपालिका वाड न १० मा रहेको म्याङलुङ क्याम्पस देखि केउरेनी हुँदै सिमरा जाने सडक, म्याङलुङ नगरपालिका वाड न ८ मा रहेको लिखुवा खोला देखि सिकिदेम जाते सडक, म्याङलुङ नगरपालिका वाड न ४ मा रहेको ढलेबार देखि ४ नम्बर वडा हुँदै डाडाखर्क जाने सडकको ठेक्का पाएको थियो । त्यस ठेक्काहरु मध्ये ढलेबार देखि ४ नम्बर वडा हुँदै डाडाखर्क जान सडकको योजना २०८० साल माघ पहिलो हप्तामै सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर सुबाश बाबुु मगरले बताउनुभयो । यसरी नै म्याङलुङ नगरपालिका वाड न १० मा रहेको म्याङलुङ क्याम्पस देखि केउरेनी हुँदै सिमरा जाने सडकको ८५ प्रतिशत,म्याङलुङ नगरालिका वाड नं. १ मा येग्गेडाडामा रहेको किरात धर्म तथा साहित्य उत्था संघ जिल्ला शाखा तेह्रथुमको भवनको ७० प्रतिसत, म्याङलुङ नगरपालिका वाड न ८ मा रहेको लिखुवा खोला देखि सिकिदेम जाते सडकको ९० प्रतिशत काम कम्पनीले सम्पन्न गरीसकेको सघन शहरी तथा भवन निर्माण आयोजनाका ईन्जीनियर बिकास पौडेलले बताउनुभयो । सम्पूर्ण योजनाहरु आगामी २०८१ साल असार १५ भित्रमा सम्पन्न गरिन्ने के एस वाई निर्माण एन्ड सप्लायर्स कम्पनी बताउनुभयो ।
