दमक,बैशाख २१/ याक्थुङ केलाङ सङजुम्भोको आयोजनामा १५ दिने केलाङ (च्याब्रुङ) प्रशिक्षण आज गरेको छ ।
शुक्रबार झापाको दमक नगरपालिका वडा नम्बर -१ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनको प्राङ्गणमा लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक कुलपति सेसेमी से नाल्बोको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी १५ दिने केलाङ प्रशिक्षणको समापन गरेको हो ।
कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो,कियाचु केन्द्रीय सदस्य इक्सा सम्बाहाङ्फे,कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित, प्रशिक्षक कुमार लाओती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समापन कार्यक्रम याक्थुङ केलाङ सङजुम्भो अध्यक्ष रचना लाओतीको अध्यक्षतामा सम्पन्न भएको हो भने संचालन सचिव फुङमा तुम्रोकले गरेकी थिइन ।
प्रशिक्षण २०८१ बैशाख ७ गते देखि २१ गतेसम्म केलाङ प्रशिक्षण हुने प्रशिक्षणमा जम्मा १९ जना प्रशिक्षार्थीहरु सहभागी रहेको अध्यक्ष रचनाले वताइन ।


