कोशी प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै बाहिरियो जसपा,नेपाल

विराटनगर , १७ जेठ / प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएसँगै प्रदेशको नाम कोशी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले पदबाट बुधबार राजीनामा दिएकी छन् ।
बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी थिइन् ।
राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै गत पुस २५ गते नियुक्त भएकी मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको वताइन । पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले वताइन् ।
पहिचानवादी पक्षबाट आफ्नो चरित्र हत्या गरेको वताउदै उनले सरकारमा बसेर पहिचानको मुद्दा उठाउँदा आफुमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको वताइन् ।

आइतबार विराटनगरमा पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा भएको थियो ।
२०७९ फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर सडक आन्दोलनमा छन् ।

सम्बन्धित खवर