बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

  • पोक्लाबाङ न्यूज 

संखुवासभा , जेठ / ‘बाह्रबिसे बजारमा केलाङ प्रशिक्षण तालिम–२०७९’ सञ्चालन भइरहेको छ ।
किरात याक्थुङ चुम्लुङ, सभापोखरी गाउँपालिकाको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म संचालन हुने तालिममा सभापोखरी गाउँपालिकाका ६० जना भन्दा धेरै लिम्बू युवा युवतीहरुको उपस्थिति रहेको छ ।  एक दिनमा तीन चरण गरेर प्रशिक्षण दिइरहेको छ ।

केलाङ प्रशिक्षणमा सेरेङ मादेन, हाङगाम, साङ्वा र वनेमहरु केलाङ प्रशिक्षणमा उत्साहित भएर भाग लिइरहेको छ ।
प्रशिक्षणबाट आधुनिक समयका लिम्बू युवाहरूलाइ आफ्नो संस्कृति जोगाउन सहयोग मिल्ने अपेक्षा राखेको कियाचु गाउँपालिका अध्यक्ष मदन सेरेङहाङ मादेनले बताए ।