धनकुटाको चौविसे गा.पा. २ मा नेकपा एमाले २१५ मतान्तरले पराजित गर्दै एनोज तुम्साको प्यानल नै विजयी

  • मुसाहाङ अम्याङसा

चौविसे/  धनकुटाको चौविसे गाउँपालिका–२ मा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार धनकुटा चौविसे गाउँपालिका वडा नं. २ मा वडाध्यक्ष पदमा नेकपा एमालेबाट एनोज तुम्सा सङयकहाङ लिम्बू विजयी भएका छन् ।


२१५ मतान्तरले पराजित गर्दै एनोज विजयी भएका हुन । एनोजले ७८० मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (लिम्बुवान) को गठबन्धनका नेकपा माओवादी उम्मेद्ववार ममिन्द्र कुमार तुम्सा सङयकहाङ लिम्बूले ५६५ मत मात्र प्राप्त गरेका थिए । ममिन्द्र कुमार तुम्सा निवर्तमान वडाअध्यक्ष हुन् ।

महिला सदस्यमा महिला सदस्यमा (नेकपा एमाले)की सुनिता खतिवडाले ७७२ मतका साथ विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्दी (गठबन्धन संलोराम लिम्बुवान)का अनिता लिम्बू याक्खाले ५६१ मत मात्र पाएकी थिइन् ।

दलित महिला सदस्यमा (नेकपा एमाले)बाट विमला दर्जीले ७१८ मतका साथ विजयी भएकी छिन् । उनकी प्रतिद्वन्दी (गठबन्धन कांग्रेस) माया वि.क.ले ५४४ मत प्राप्त गरेकी छन् ।

सदस्यमा (नेकपा एमाले) तर्फका इन्द्र कुमार तुम्सा (सङयकहाङ लिम्बू)ले ७६९ मतका साथ विजयी भएका थिए भने उहाँको (प्रतिद्वन्दी गठबन्धन जसपा) हस्त ब. तुम्सा सङयकहाङले ५५६ मत प्राप्त गरेका थिए र (नेकपा एमाले)तर्फका अटल बहादुर सुर्जे मगरले ७९२ मतका साथ विजयी भए । उहाँका प्रतिद्वन्दी गठबन्धन कांग्रेसका टंक ब. पाङमी मगरले ५४५ मत प्राप्त गरेका थिए ।

४ दलीय गठबन्धनमा रहेको माओवादी, कांग्रेस, जसपा र संलोराम (लिम्बुवान)सँग मिलेर निर्वाचनमा सहभागीता जनाएका थिए ।

मत परिणाम हेर्नुहोस्

वडा अध्यक्ष
एनोज तुम्सा सङयकहाङ (नेकपा एमाले) ः ७८० मत (विजयी)
ममिन्द्र कुमार तुम्सा सङयकहाङ (गठबन्धन माओवादी) ः ५६५ मत (निकटतम प्रतिद्वन्दी)

महिला सदस्य
सुनिता खतिवडा (नेकपा एमाले) ः ७७२ मत (विजयी)
अनिता लिम्बू याक्खा (गठबन्धन संलोराम लिम्बुवान) ः ५६१ मत ( निकटतम प्रतिद्वन्दी)

दलित महिला सदस्य
विमला दर्जी (नेकपा एमाले) ः ७१८ मत (विजयी)
माया वि.क. (गठबन्धन कांग्रेस) ः ५४४ मत ( निकटतम प्रतिद्वन्दी)

खुल्ला सदस्य १
इन्द्र कुमार तुम्सा सङयकहाङ (नेकपा एमाले) ः ७६९ मत (विजयी)
हस्त ब. तुम्सा सङयकहाङ (गठबन्धन जसपा) ः ५५६ मत ( निकटतम प्रतिद्वन्दी)

खुल्ला सदस्य २
अटल बहादुर सुर्जे मगर (नेकपा एमाले) ः ७९२ मत (विजयी)
टंक ब. पाङमी मगर (गठबन्धन कांग्रेस) ः ५४५ मत ( निकटतम प्रतिद्वन्दी)