मिक्लाजङ–८ दुर्दिम्बामा २०२ मतान्तरले पराजित गर्दै वाजी सहित नेकपा एमालेको प्यानल नै विजयी

पोक्लाबाङ न्यूज/ पाँचथरको मिक्लाजङ गाउँपालिका–८ दुर्दिम्बामा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पान्थर मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बामा वडाध्यक्ष पदमा नेकपा एमालेबाट रामेश्वर वाजी विजयी भएका छन् ।


२०२ मतान्तरले पराजित गर्दै वजी विजयी भएका हुन । वाजीले ७१५ मत पाएका थिए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनका नेपाली काँग्रेस उम्मेद्ववार नगेन लामाले ५१३ मत मात्र पाएका थिए । वजी निवर्तमान वडाअध्यक्ष हुन् ।

महिला सदस्यमा महिला सदस्यमा (नेकपा एमाले)की सविना वजी (वराल) ७०३ मतका साथ विजयी भएकी छिन् ।  निकटतम प्रतिद्वन्दी गठबन्धन माओवादीकी शान्ति तामाङले ५१५ मत मात्र पाएकी थिइन् ।

दलित महिला सदस्यमा (नेकपा एमाले)बाट जनकुमारी पोख्रेलले ७०९ मतका साथ विजयी भएकी छिन् ।  प्रतिद्वन्दी गठबन्धन (माओवादी) बाट मैतीमाया पोख्रेल ४९९ मत मात्र पाएकी थिइन् ।

सदस्यमा (नेकपा एमाले) तर्फका नोविम गौतमले ७०८ मतका साथ विजयी भएका थिए भने उहाँको (प्रतिद्वन्दी गठबन्धन जसपा) गंगा प्रसाद लाओतीले ४७५ मत ,र (संलोराम) बाट दल ब. तामाङले ५ मत प्राप्त गरेका थिए ।

(नेकपा एमाले)तर्फकी रुपमाया मगरले ६९० मतका साथ विजयी भए । उहाँका प्रतिद्वन्दीहरु माओवादीेका सुरेन सिङगक लिम्बू ४८६ मत  प्राप्त गरेका थिए ।

३ दलीय गठबन्धनमा रहेको माओवादी, कांग्रेस र जसपासँग मिलेर निर्वाचनमा सहभागीता जनाएका थिए ।

 

गाउँपालिका अध्यक्षमा भने एमालेका तर्फबाट नरेन्द्र बस्नेतले १२ मतान्तरमा अग्रता लिएका छन् । वस्नेतले ५ सय ९० मत पाउँदा माओवादीका अमरराज माखिमले ५ सय ७८ मत पाएका थिए ।
उता उपाध्यक्षमा एमालेकी धनमाया सारुले ६ सय ७० मतका साथ अग्रता लिइन् । प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सन्तकुमार सेर्माले ४ सय ९३ मत पाएका छन् दुर्दिम्बाको सवालमा ।

मत परिणाम हेर्नुहोस्

 

गाउँपालिका अध्यक्ष

नरेन्द्र वस्नेत                           (नेकपा एमाले)ः ५९० मत
अमरराज माखिम                    (गठबन्धन माओवादी) ः ५७८ मत
(राप्रपा) ः १५ मत
संलोराम ः १ मत
माले ः १ मत

गाउँपालिका उपाध्यक्ष
धनमाया सारु मगर                 (नेकपा एमाले) ः ६७० मत
सन्तकुमार सेर्मा                     (गठबन्धन कांग्रेस) ः ४९३ मत
मनमाया आङदेम्बे                 (जसपा) ः १६ मत

मिक्लाजङ गाउँपालकिा–८ दुर्दिम्बा वडा अध्यक्ष
रामेश्वर वाजी                         (नेकपा एमाले) ः ७१५ मत (विजयी)
नगेन लामा                            (गठबन्धन नेका) ः ५१३ मत (प्रतिद्वन्दी)

महिला सदस्य
सविना वजी (बराल)                 (नेकपा एमाले) ः ७०३ मत (विजयी)
शान्ति तामाङ                         (गठबन्धन माओवादी) ः ५१५ मत (प्रतिद्वन्दी)

दलित महिला सदस्य
जन कुमारी पोख्रेल                  (नेकपा एमाले) ः ७०९ मत (विजयी)
मैतीमाया पोख्रेल                     (गठबन्धन माओवादी) ः ४९९ मत (प्रतिद्वन्दी)

खुल्ला सदस्य १
नोविम गौतम                          (नेकपा एमाले) ः ७०८ मत (विजयी)
गंगा प्रसाद लाओती                 (गठबन्धन जसपा) ः ४७५ मत (प्रतिद्वन्दी)
दल ब. तामाङ                        (संलोराम ) ः ५ मत (प्रतिद्वन्दी)

खुल्ला सदस्य २
रुपमाया मगर                          (नेकपा एमाले) ः ६९० मत (विजयी)
सुरेन सिङ्गक                            (गठबन्धन माओवादी) ः ४८६ मत (प्रतिद्वन्दी)

मिक्लाजङ गाउँपालिका ८ दुर्दिम्बामा १ हजार २ सय ८७ मत मात्र खसेको थियो ।