मातृभाषाहरुको अवस्था विषयक विमर्श तथा बहुभाषिक कविगोष्ठी

  • इन्द्र कुमारी मुसाहाङ

विर्तामोड, १० बैशाक/ “झापा जिल्लामा बोलिने मातृभाषाहरुको अवस्था“ विषयक विमर्श तथा बहुभाषिक कविगोष्ठी एवं साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ ।

शनिबार झापाको विर्तामोड पुरानो भद्रपुर रोड स्थित इन्द्रेणी व्याङक्वेटको सभाहलमा नेपाल प्रज्ञा–प्रतिष्ठान र बहुभाषिक साहित्य–सङगीतकला केन्द्र झापाको सहकार्यमा आयोजित “झापा जिल्लामा बोलिने मातृभाषाहरुको अवस्था “ विषयक विमर्श तथा बहुभाषिक कविगोष्ठी एवं साँस्कृतिक कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद सदस्य तथा काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा झापा जिल्लामा बोलिने मातृभाषाहरुको अवस्था “ भाषा विज्ञान केन्द्रीय विभाग त्रि. वि. सह प्राध्यापक डा. कर्णाखर खतिवडाको कार्यपत्र माथि टिप्पणी गर्न आख्यानकार पुन्य प्रसाद खरेल, तलु बास्केले सो कार्यपत्र उपर टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमले दुई दशक लामो समय आफ्नो जीवन विभिन्न क्षेत्रमा व्यतित गर्नु भएका जोगि किसानलाई वहुभाषिक विभुषित र गणेश धिमाललाई पनि सम्मान–पत्र तथा खदा ओडाएर सम्मान गरेको आयोजकले वताए ।

भाषा भाषी अन्तर्गत लिम्बू,वान्तवा,धिमाल, शाद्री,मण्डल,माडवाडी,नेवारी,संस्कृत, राजबंशी भाषा लगायतको साहित्यिक सृजनाहरु पनि वाचन भएका थिए ।

त्यसरी नै नेवार, सन्थाल, किसान,मगर,सतार,बङगाली र आयोजकको तर्फबाट नृत्य झाकी प्रदर्शन पनि भएको थियो ।

कार्यक्रममा साहित्य चौतारी देबिभक्त श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम बहुभाषिक साहित्य–सङगीतकला केन्द्र झापा अध्यक्ष हरि प्रसाद पौड्यालको अध्यक्षतामाता, प्राज्ञ सभा सदस्य नेपाल प्रज्ञा प्रतिष्ठान शुभद्रा भट्टराईले स्वागत मन्तव्य राखेकी थिइन भने संचालन खुसी र देबी भण्डारीले गरेका थिए ।

१३२ भाषाहरुमध्ये झापा जिल्लामा मात्रै ९२वटा भाषाहरु बोलिने गरेको वताए ।