कियाचु मेचीनगर नगर अध्यक्षमा धनप्रसाद केरुङ निर्विरोध निर्वाचित

विर्तामोड, २८ चैत / किरात याक्थुड्ं चुम्लुड्ं मेचीनगरको अध्यक्षमा धनप्रसाद केरूड्ं चयन भएका छन् ।

चुम्लुड्ंको सभाहलमा सम्पन्न छैठौं अधिवेशनबाट केरूड्ं अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । गत चैत १९ गते अधिवेशनको उद्घाटन भएको थियो १९ गते गते उद्घाटन भएपछि निरन्तर रूपमा चलेको बन्दसत्रमा सोमबार निर्वाचन समितिले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो । समितिको कियाचु नगर कार्य समिति उपाध्यक्षमा बीर बहादुर वेघा, सचिवमा मिना इजम लिम्बू,सहसचिवमा राजेन्द्र इधिङगो र कोषाध्यक्षमा मिनमाया लिड्खिम इधिङगो निर्विरोध चयन भएका छन् । त्यससैगरी सदस्यहरूमा मणि कुमार लिम्बू, भूमिका लिम्बू फियाक, ओम प्रकाश खापुड्ं, भुमादेवी आड्ंदेम्बे, तिलकचन सङबाङफे, याकुम सङबाङफे, प्रकाश कन्दड्ंवा, राज कुमार थेवे, सन्तोष साँवा, बुद्द तिगेला, प्रतिमा साम्यु, लोक बहादुर आड्ंबो, विर बहादुर लिम्बू, प्रदिप मादेन, अर्जुन इजम र मन कुमारी लिम्बू (मनिषा) निर्विरोध छन् ।

नवनिर्वाचित समितिलाई किरात याक्थुड्ं चुम्लुड्ंका पुर्व पुर्व जिल्ला अध्यक्ष तथा झापा जिल्ला अध्यक्ष सल्लाहकार टेकबहादुर आड्ंदेम्बे, नगर सल्लाहकार क्याप्टेन गोपिलाल लिड्ंदेन लगायतले शुभकामना दिएका थिए ।

नव निर्वाचित मेचीनगर कार्य समिति पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन समिति संयोजक तथा कियाचु जिल्ला कार्य समिति अध्यक्ष सेसेहाङ फियाकले सपथ ग्रहण गराएका थिए ।