नरेश राईद्धारा लिखित तेप्लायु विमर्ष सम्पन्नः सुब्बा, कोइराला, किराती सम्मानित

मुसाहाङ अम्याङ्सा 

दमक, २७ चैत / युद्वकवि काङमाङ नरेश राईद्धारा लिखित तेप्लायु कविता संग्रहको विमर्ष हिजो सम्पन्न भएको छ । शनिवार किरात राई यायोक्खाको भवन झिलझिलेमा भएको मनाहाङ सेलिङ, विजय र गोपिहाङ स्मृति प्रतिष्ठान शिवसताक्षी झापाले आयोजना गरेको सम्मान तथा युद्वकवि काङमाङ नरेश राईद्धारा लिखित तेप्लायुको विमर्ष कार्यक्रम साहित्यकार श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा काङमाङद्धारा लिखित तेप्यायु कृति माथि कवि तथा समालोचक मुन्नाराज सेर्मा, आख्यानकार कृष्ण बराल, काङमाङ नरेश राई (लेखक स्वय), दीपा दाहालले टिप्पणी तथा चर्चा परिर्चा गरेका थिए भने कवि साङसेन वारक पंधाकले सहजीकरण गरेका थिए ।

त्यसै गरी सो कार्यक्रममा तीन जना स्रष्टाहरुलाई सम्मान गरेको छ । मनाहाङ सेलिङ, विजय र गोपिहाङ स्मृति साहित्य–पत्रकारिता पुरस्कार २०७८ द्धारा कवि राजकुमार सुब्बा अनिश्चित, विवश बलिभद्र कोइराला र निहाङ किराती सम्मानित भएका छन् । सम्मानित स्रष्टाहरुलाई जनही नगद ११ हजार एक सय ११ रुपैयाँ र सम्मान–पत्र सहित खदा ओडाएर सम्मान गरेका थिए ।  पुरस्कार मनाहाङ सेलिङ, विजय र गोपिहाङको सम्झनामा स्थापना गरेको स्मृति प्रतिष्ठान अध्यक्ष सेलिङ केसीले वताए ।  मनाहाङ सेलिङ, विजय र गोपिहाङ स्मृति प्रतिष्ठान संरक्षक भवानीविक्रम सेलिङ अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन दिलिप घिमिरेले गरेका थिए । कार्यक्रम सम्पादन संयोजक साहित्यकार विराट किरातीले गरेका थिए ।