सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न

विर्तामोड २७ चैत,२०७८ /  किरात याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति झापाका आयोजनामा चुम्लुङहिममा सम्मान तथा
बधाई शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार झापा जिल्लाबाट चुम्लुङको संघीय, लिम्बुवान प्रदेश र राष्ट्ीय चुम्लुङमा प्रतिधित्व गर्ने संघीय सदस्य, प्रदेश सदस्य राष्ट्रिय चुम्लुङ सदस्यहरूलाई सम्मान गरिएको हो ।
चुम्लुङ संघीय सल्लाहकार जीतबहादुर लाओती, चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुनुहुने संघीय सदस्यहरू अमृत योङहाङ, डा. भिम सुब्बा, इक्सा सम्बाहाङफे र चन्द्रकला सुब्बालाई सम्मान गरिएको हो । त्यसैगरी चुम्लुङको दोस्रो प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सचिव इक्साहाङ चेम्जोङ, प्रदेश सदस्य कविन्द्र सेर्मा र मनकुमारी पंधाक बेघालाई पनि सम्मान गरिएको हो ।
त्यसैगरी राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जबेगु, गुमानसिङ सम्बाहाङफे र महेन्द्र लाओतीलाई पनि सम्मान गरियो ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य पूर्ण हाङसरुम्बा, बिष्णुमाया चेम्जोङ र शिवकुमार मेन्याङबोलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।
जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व जिल्ला अध्यक्ष भक्त खेवाङ, जिल्ला सल्लाहकार दुर्गा नेम्बाङ, पुर्व केन्द्रीय सदस्य पुर्ण हाङसरुम्बा, जिल्ला सदस्य सर्मिला आङदेम्बेले शुभकामना मन्तव्य राखे भने संघीय सल्लाहकार जीतबहादुर लाओती, संघीय सदस्यद्वय अमृत योङहाङ र चन्द्रकला सुब्बाले प्रतिबद्धता मन्तव्य राखेका थिए ।
चुम्लुङ विर्तामोड शाखाका सचिव सुखबहादुर आङदेम्बेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सचिव प्रेमचन्द्र लिम्बुले सञ्चालन गर्नुभएको थियो ।