पान्थर, २६ चैत / जसपा,नेपाल फालेलुङ गाउँपालिकाको बैठक आज सम्पन्न भएको छ ।
शनिबार पान्थर जनता समाजवादी पार्टी, नेपाल फालेलुङ गाउँपालिका समितिको बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावमा सहभागी हुन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत ८ वटै वडाका लागि उमेरद्वार चयन गरेको छ ।

फालेलुङ गा.पा. अध्यक्ष ः राज कुमार मादेन
फालेलुङ गा.पा. उपाध्यक्ष गा.पा. ः चन्द्रकला नेम्बाङ
वडाअध्यक्षहरु
१. राम बहादुर तामाङ
२. रविन आङथपु
३. कमल चबेगु
४. जनम राई
५. टिका बहादुर राई
६. कल्पना राई
७. भुवन आङबो
८. पालोक सिं चबेगु जसपा, नेपाल केन्द्रीय सदस्य राजेन्द्र जबेगु,लिम्बुवान राष्ट्रिय समिति सदस्य रोहित आङबो,नरेश राई,जिल्ला ईन्चार्ज जनम राई लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम फालेलुङ गाउँपालिका अध्यक्ष राज कुमार मादेनको अध्यक्षतामा सम्पन्न भएको हो ।
