याक्थुङ मुन्चइत चोक सयङ लिम्बुवान प्रदेश तदर्थ समिति गठनः अध्यक्षमा तुम्बाहाङ्फे निर्वाचित

  • इन्द्र कुमारी मुसाहाङ

 

दमक, २५ चैत/ याक्थुङ मुन्चइत चोक सयङ कार्यशाला गोष्ठी तथा लिम्बुवान प्रदेश तदर्थ समिति गठन आज सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमक स्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय समितिको आयोजनामा, वरिष्ठ चलचित्र निर्देशक नबीन सुब्बा मुसाहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले भुपेन्द्र तुम्बाहाङ्फेको अध्यक्षता १७ सदस्यीय याक्थुङ मुन्चइत चोक सयङ १ न. (लिम्बुवान) प्रदेश समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षद्धय इन्दिरा नेम्बाङ, मनोनित गर्न बाँकी, सचिवमा चेतन आङथुप्पो डर, सहसचिवद्धय मिना नेम्बाङ, सुमन कुरुम्बाङ र कोषाध्यक्षमा अनिश लाओती निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः राजन पङ्धाक झापा, रिमा कन्दङ्वा झापा, दीप केरुङ सुनसरी, कृति मिभक सुनसरी, बन्दना फेवदेन मोरङ, नुनाम केरुङ पान्थर, अमिर थक्लुङ संखुवासभा, टि.आर. सेनेहाङ तेरथुम, प्रकाश सावादेन इलाम, मनकुमार योङहाङ इलाम रहेका छन् ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, संचारकर्मी आन्छुने नसान, मुसाहाङ अम्याङसा, चेतन डर, कलाकार राजकुमार आङ्देम्बे लगायत लिम्बू चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम याक्थुङ मुन्चइत चोक सयङ केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा, केन्द्रीय महासचिव वनेम विक्रम फागोले संचालन गरेका थिए ।