उर्लाबारी, २४ चैत / मुसाहाङ समाजको १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रम आज उर्लाबारीमा सम्पन्न भएको छ ।

विहिवार मोरङको उर्लाबारी नगरपालिका वडा नं.३ मंगलबारे स्थित मुसाहाङ समाज जिल्ला शाखा कार्यालय परिसरमा मुसाहाङ समाज केन्द्रीय महासचिव/बंशावली लेखक,सम्पादक डिल्लीश्वर मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
पोक्लाबाङ् माङगेन्ना यक उत्पति थात्थलो मान्ने मुसाहाङ थरीको १८औं स्थापना दिवस तथा भेटघाट कार्यक्रममा मुसाहाङ समाज केन्द्रीय ब.उपाध्यक्ष हस्त बहादुर मुसाहाङ लिम्बू (केस्री), केन्द्रीय सदस्य दिल बहादुर मुसाहाङ लिम्बू, नेप्ट बहादुर मुसाहाङ लिम्बू, पूर्व केन्द्रीय सदस्य प्रेमकुमार मुसाहाङ लिम्बू लाहुरे, मुसाहाङ समाज जिल्ला शाखा मोरङ पूर्व अध्यक्ष देबेन्द्र मुसाहाङ लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलामको चुलाचुली,झापाको सुरुङगा,झिलझिले,गौरादह सीतापुरी,दमक,बेल्डाँगी,मोरङको उर्लाबारी, मधुमल्ला,टाँडी,जाँते,अमरदह,सलकपुर सुनसरीको बराहक्षेत्र भरौलमा बसोबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
त्यसै गरी मोरङको पथरी,बयरवन रमाइलो,लेटाङ कमलपुर,वाराङ्गी,केराबारी,भोगटेनी,सिंहदेवीमा पनि मुसाहाङको बसोबास रहेको छ ।

कार्यक्रम मुसाहाङ समाज जिल्ला शाखा समिति (इलाम, झापा, मोरङ, सुनसरी) अध्यक्ष मंगले मुसाहाङ लिम्बूको अध्यक्षतामा, स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष फूलकुमारी मुसाहाङले राखेकी थिइन भने जिल्ला सचिव रुपनारायण मुसाहाङ लिम्बूले संचालन गरेका थिए ।
