धनकुटा, २२ चैत । इवाहाङ वंश विकास समिति प्रथम ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार साँगुरीगढी गाउँपालिका वार्ड नं –२ गैरीगाउँमा प्रदेश नं. १ का पुर्व प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङको प्रमुख अतिथ्यतामा अत्यन्तै सफल पुर्वक कार्यक्रम सम्पन्न भएको हो ।
धनकुटा जिल्ला भित्रका जातीय संघ संस्थाका प्रमुखहरुको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा लिम्बूजन्य थरगत/थुमगत प्रतिनिधित्व गराई र साँगुरीगढी गा.पा.का प्रत्येक वडाध्यक्षहरु समेत उपस्थित रहेको कार्यक्रममा विभिन्न व्याक्तित्वहरुलाई सम्मान ज्येष्ठ नागरिक, सरकारी अहोदामा ख्याति प्राप्त ४० जना व्याक्तित्वहरुलाई समेत सम्मान गरि खुल्ला सत्र कार्यक्रम समापन भएको थियो ।
कार्यक्रमले बन्दसत्रबाट के.बी. इवाहाङको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम कुमार इवाहाङ, उपाध्यक्षहरुमा निर्मला खवाहाङ र विष्णु इवाहाङ्, महासचिवमा रमेश इवाहाङ, सचिवमा मणि प्रसाद इवाहाङ र कोषाध्यक्षमा गीता इवाहाङ चयन भएका छन् । यसैगरी सदस्यहरुमा राजेश इवाहाङ, क्षितिज इवाहाङ, नरेन्द्र इवाहाङ, मान प्र. इवाहाङ, छत्र इवाहाङ, कुमारी इवाहाङ, रमा इवाहाङ, सन्त इवाहाङ, मार्कुश इवाहाङ, शुरत इवाहाङ, धन ब. इवाहाङ, शुरेन्द्र इवाहाङ (धरान), शान्ति इवाहाङ, पुर्ण ब.इवाहाङ, शुरेन्द्र इवाहाङ (पंचायन), डि.वी इवाहाङ, लोक बहादुर इवाहाङ, पम्फादेवी इवाहाङ, हस्त बहादुर इवाहाङ, लक्ष्मी इवाहाङ, फिपराज इवाहाङ, किताबसिं इवाहाङ, गंगाध्वज इवाहाङ र उषा इवाहाङ रहेका छन् ।
