जेष्ठनागरिक,समाजसेवी अग्रज व्यक्तित्वहरुलाई सम्मान गदै समाजको छैटौं वार्षिक स्थापना दिवस सम्पन्न

मेयङलुङ / किरात सेवा समाजको छैटौं वार्षिक स्थापना दिवस तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

तेह्रथुम सदरमुकाम मेयङलुङ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस्य ललित बहादुर सोदेम्बाको प्रमुख आतिथ्यतामा जिल्ला स्थित  जेष्ठनागरिक, समाजसेवी, राजनीतिज्ञ तथा अग्रज व्यक्तित्वहरुलाई समाजले सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष टठ बहादुर पंधाक, मेयङलुङ नपा वडा नं. १० का वडाध्याक्ष होम खापुङ, राजनीतिज्ञ राम बहादुर तुम्बाहाङफे, जेष्ठनागरिक देवि बस्नेत, एकल महिला सुमित्रा लिम्बू, शिक्षिका रामकुमारी लिम्बू, मेन्छ्यायेम गापा वडा नं. ६ का वडाध्याक्ष शिवनाथ खापुङ्लाई दोसल्ला तथा ताम्रापत्र मार्फत सम्मानित गरिएको छ ।

कार्यक्रममा शिक्षिका रामकुमारी लिम्बू, किरात याक्थुङ चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङ, वडा अध्यक्षद्वय होम खापुङ र शिवनाथ खापुङ, अग्रज राजनीतिज्ञ राम बहादुर तुम्बाहाङ्फे र प्रमुख  अतिथि सोदेम्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम किरात सेवा समाज तेह्रथुम अध्यक्ष टठ बहादुर पंधाकको अध्यक्षतामा सम्पन्न भएको भने कार्यक्रमको संचालन संस्थाकी सचिव कमला पङ्धाकले गरेकी थिइन ।