मुसाहाङ् समाजको चौंथो केन्द्रीय महाधिवेशन २०७९ बैशाख ७,८ र ९ गते हुँदै

  • डिल्लीश्वर मुसाहाङ अम्याङ्सा

झापा, १८ चैत २०७८ /  मुसाहाङ् समाजको ऐतिहासिक चौंथो केन्द्रीय महाधिवेशन आगामी २०७९ बैशाख ७,८ र ९ गते मोरङ उर्लाबारीमा हुने भएको छ ।

मुसाहाङ् समाजको महाधिवेशनले नेतृत्व चयनसँगै विविध विषयहरुमा गम्भिर छलफल हुने र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको मुसाहाङ् समाज केन्द्रीय सचिवालय समितिले जानकारी दिएको छ ।

मुसाहाङ् समाजको हरेक ३/३ वर्षमा महाधिवेशन हुने व्यवस्था छ तर विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष चैतमा महाधिवेशन हुन सकेन् ।