जसपा,नेपाल मिक्लाजङ गाउँपालिका पान्थरको उमेरद्वार टुंगो लाग्यो

  • मुसाहाङ अम्याङ्सा

पान्थर, १४ चैत २०७८ /  जसपा,नेपाल मिक्लाजङ गाउँपालिकाको बैठक आज सम्पन्न भएको छ ।

सोमबार पान्थर जनता समाजवादी पार्टी, नेपाल मिक्लाजङ गाउँपालिकास्थित पार्टी कार्यालय रविमा बसेको गा.पा. समितिको बैठकले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावमा सहभागी हुन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत ८ वटै वडाका लागि उमेरद्वार चयन गरेको छ ।

मिक्लाजङ गा.पा. अध्यक्ष – दिलेन्द्र कुरुम्बाङ
मिक्लाजङ गा.पा. उपाध्यक्ष – मनमाया आङ्देम्बे

वडा न. १ मा
अध्यक्ष – गोविन्द प्रसाद आङ्देम्बे/दुर्गा आङ्देम्बे
महिला सदस्य – इन्द्र कुमारी राई
दलित सदस्य – गंगा माया धमला
सदस्य – सुजन राई
सदस्य – भरत राई

वडा न. २ मा
अध्यक्ष –राज ब. आङ्देम्बे
महिला सदस्य –
दलित सदस्य –
सदस्य – सन्त आङ्देम्बे
सदस्य – काजीमान थेगिम

वडा न. ३ मा
अध्यक्ष – रणधोज कुरुम्बाङ
महिला सदस्य – प्रमिला साङ्वा
दलित सदस्य –
सदस्य – जित ब कुरुम्बाङ
सदस्य –

वडा न. ४ मा
अध्यक्ष – धर्मराज राई
महिला सदस्य –
दलित सदस्य –
सदस्य – तुलसी राई
सदस्य – डिल्ली सिंह तामाङ

वडा न. ५ मा
अध्यक्ष – सिंहराज लाओती
महिला सदस्य –
दलित सदस्य –
सदस्य – अजय राई
सदस्य – मणि प्र. लाओती

वडा न.७ मा
अध्यक्ष – नेल्कन माक्खिम
महिला सदस्य – चित्रमाया माक्खिम
दलित सदस्य –
सदस्य – खगेन्द्र माक्खिम
सदस्य – चन्द्र माक्खिम

वडा न.– ८ मा
अध्यक्ष – गंगा प्रसाद लाओती
महिला सदस्य – लिला सिङगक (थापा)
दलित सदस्य –
सदस्य – प्रेमराज लाओती
सदस्य – जेन्टल मुसाहाङ लिम्बू

बैठकमा जसपा, नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओती, केन्द्रीय सदस्य दिपेन्द्र कुमार आङ्देम्बे, केन्द्रीय सदस्य लेखा आयोग सदस्य दिलेन्द्र कुरुम्बाङ्, पान्थर जिल्ला सदस्य मन कुमार आङ्देम्बे लगायतको उपस्थिति रहेको थियो ।

बैठकले जसपा नेपाल चुनावी प्रचार प्रसार गर्न सिंहराज लाओतीको संयोजकत्वमा ११ सदस्यीय निर्वाचन समिति चयन गरेको छ । सदस्यहरुमा क्रमशः हरिचन्द्र आङ्ददेम्बे, राज बहादुर आङ्देम्बे, रणधोज कुरुम्बाङ, धर्मराज राई, उदय कुमार नेम्बाङ, नेलकन माक्खिम, राजेन्द्र चेम्जोङ, चन्द्र कुमार राई, मन कुमार आङ्देम्बे, सदस्य सचिव दुर्गा आङ्देम्बेलाई जिम्मेवारी तोकिएको नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओतीले वताए ।

कार्यक्रम जसपा, नेपाल मिक्लाजङ गाउँपालिका अध्यक्ष सिंहराज लाओतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।