जसपा नेपाल मिक्लाजङ ८ दुर्दिम्बा उम्मेदवारी घोषणा

पान्थर, १४ चैत / जसपा, नेपाल मिक्लाजङ गाउँपालिका वडा नं. ७ लिम्बा र वडा नं. ८ दुर्दिम्बा वडा समितिको संयुक्त भेला बैठक आज सम्पन्न भएको छ ।

सोमबार पान्थर मिक्लाजङ गाउँपालिका वडा नं. ८ दुर्दिम्बाको ६ नं. बुधबारे वजारमा जनता समाजवादी पार्टी, नेपाल मिक्लाजङ वडा नं. ८ दुर्दिम्बा वडा समितिको आयोजनामा जसपा नेपाल मिक्लाजङ ८ दुर्दिम्बामा आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावमा मिक्लाजङ – ८ न. को लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । अध्यक्ष गंगा प्रसाद लाओती, महिला सदस्य लिला सिङ्गक (थापा), सदस्य प्रेमराज लाओती, सदस्य जेन्टल मुसाहाङ लिम्बू रहेका छन् ।

त्यसै गरी मिक्लाजङ गा.पा. वडा नं. ७ लिम्बामा पनि उम्मेद्धवारी घोषणा गरेका छन् । अध्यक्ष नेलकन माक्खिम, महिला सदस्य चित्रमाया माक्खिम, सदस्य चन्द्र माक्खिम, खगेन्द्र माक्खिम रहेका छन् ।

कार्यक्रममा जसपा, नेपाल केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओती, प्रेस मञ्च नेपाल लिम्बुवान राष्ट्रिय समिति सह सचिव तथा प्रेस मञ्च नेपाल पान्थर जिल्ला सदस्य डिल्लीश्वर मुसाहाङ, जसपा नेपाल मिक्लाजङ गा.पा सह सचिव नेलकन माक्खिम लगायतको उपस्थिति रहेको थियो ।

बैठकले जसपा नेपाल टोल समिति गठन तथा चुनावी प्रचार प्रसार एवं आर्थिक उप समिति समेत चयन गर्न विभागीय जिम्मेवारी प्रदान गरेको वताए ।

कार्यक्रम जसपा, नेपाल मिक्लाजङ ७ नं. वडा अध्यक्ष नेल्कन माक्खिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।