उर्लावारी, ११ चैत/ जसपा उर्लाबारी– २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न गरेको छ ।

शुक्रबार जनता समाजवादी पार्टी, नेपाल उर्लाबारी नगर कार्य समितिको आयोजनामा भएको जसपा उर्लाबारी– २ न. वडा समितिको कार्यालय उद्घाटन कार्यक्रममा जसपा नेपाल केन्द्रीय सदस्य, मधेश राष्ट्रिय समिति अध्यक्ष तथा १ न. प्रदेशका स्वास्थ्य मन्त्री माननीय जयराम यादवको प्रमुख आतिथ्यतामा पार्टी कार्यालय उद्धघाटन सम्पन्न गरेको छ ।

कार्यक्रममा जसपा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य तथा उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावमा उर्लाबारी – २ न. वडाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । उहाँ धिमाल जाति विकास संस्थाको महासचिव समेत हुन ।

उद्धाटन कार्यक्रममा जसपा, नेपालका केन्द्रीय सदस्य बाङ्गाई धिमाल, केन्द्रीय सदस्य लोकसागर साम्बा, केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओती, संघीय परिषद सदस्य पुर्ण कुरुम्बाङ, प्रदेश सदस्य विशाल आङ्देम्बे, लिम्बुवान राष्ट्रिय समिति सचिव संजय राई, प्रदेश सदस्य तारा दवाडी, प्रदेश सदस्य शान्ता मोक्तान, जिल्ला सदस्य छत्र चेम्जोङ, जिल्ला सदस्य रामकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम जसपा, नेपाल उर्लाबारी नगर अध्यक्ष मात्रिका धिमालको अध्यक्षता, स्वागत मन्तव्य उर्लाबारी नगर उपाध्यक्ष सावित्रा याक्खा र संचालन जसपा, नेपाल झापाका नेता दिपक न्यौपानेले गरेका थिए ।
