याक्थुङ मुन्चइत चोक सयङको भेला सम्पन्न,प्रदेश अधिवेशन चैत २५ मा हुने

  • मुसाहाङ अम्याङ्सा

दमक, १० चैत २०७८/ याक्थुङ मुन्चइत चोक सयङको भेला आज सम्पन्न भएको छ ।

विहिवार झापाको दमक ८ स्थित युङजा होटलको सभाहलमा याक्थुङ मुन्चइत चोक सयङको बैठक सम्पन्न भएको छ ।
बैठकले चोक सयङको (१ नं. प्रददेश) लिम्बुवान प्रदेश तदर्थ समिति अधिवेशन तथा लिम्बू चलचित्र सम्बन्धि छलफल/बहस कार्यक्रम आगामी २०७८ चैत २५ गते झापाको दमक गोर्खा डिपार्टमेण्टमा गर्ने तयारी रहेको आयोजकले वताए ।

भेलामा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापा अध्यक्ष सेसेहाङ् फियाक, लिम्बू भाषा साहित्य प्रतिष्ठान दमक/वरिष्ठ साहित्यकार सेसेमी से.नाल्बो, याक्थुङ मुन्चइत चोक सयङ के. महासचिव वनेम विक्रम फागो, सह कोषाध्यक्ष वविता फोम्बो, सदस्य सागर केरुङ, याक्थुङ लेखक संघ केन्द्रीय कोषाध्यक्ष साङसेन पंधाक, रंगकर्मी चेतन आङ्थुप्पो, फोटोग्राफर प्रविण सेलिङ सेन्दो, कलाकार अनिश लाओती, मौसम नेम्बाङ परिवर्तन, मन कुमार योङहाङ चापेतीको बुवा, राज खिम्दिङ, सूर्य आङ्बुहाङ, संचारकर्मी आन्छुमे नसान, मुसाहाङ अम्याङ्सा, सङ्सेमी माङयुङ लगायतको उपस्थिति रहेको थियो ।

वैठक याक्थुङ मुन्चइत चोक सयङ् केन्द्रीय अध्यक्ष सूर्य प्रकाश चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो ।