लेटाङ / किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङको पाँचौं सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार मोरङको लेटाङस्थित किरात माङहिममा किरात साम्यो नालीफूङवा मुजो?लुङ पान्जुम्भो उपाध्यक्ष शंकर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न पान्जुम्भोको पाँचौं सम्मेलनले अध्यक्षमा पुनः आकाश लङवा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा रुपराज खजुम, संगीता आङदेम्बे, सचिवमा लक्ष्मी चवेगू, सह सचिवमा समिर चेम्जोङ, कोषाध्यक्षमा धनकुमार वजी र सह कोषाध्यक्षमा सुमन वालिङ राई सर्वसम्मत निर्वाचित भएका छन् भने सदस्यहरुमा क्रमशः डम्बर तुम्बापो, सेमी तुम्बापो, धिरन लाओती, रेनुका इवाहाङ, सुरज सिङ्गक, सुमी चेम्जोङ, भगिता वजी, विमुख इवाहाङ, तुलकहाङ चेम्जोङ, नविन वजी, गीता तुम्बापो, आशा थेगिम र दिपेश राई निर्वाचित भएका छन् ।
कार्यक्रममा किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङ पूर्व अध्यक्ष पूर्ण वजी चिन्तित, समाजसेवी भुवानी प्रसाद माखिम, साङदाङगेन वरुमसाबा संगम थेबे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्मेलनमा किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला समिति मोरङ अध्यक्ष रामभक्त कुरुम्बाङ, किरात साम्यो साक्थिम्गेन मुजो?लुङ पान्जुम्भो अध्यक्ष ज्ञानु केदेम, लेटाङ क्याम्पसका प्रमुख वीरेन्द्र वनेम लगायतको उपस्थिति रहेको थियो ।
पान्जुम्भो मोरङले सञ्चालन गरि रहेको नालीफूङवा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा द भ्वाईस अफ किड्स नेपालका फाईनलिष्ट रुक्साना लिम्बू, पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ का विजेता तथा माङसेबुङ इक्ला विजेता चो?लुङहाङ केदेम लिम्बू, गायक राज लाबुङ, संगम थेबे, पुष्पहाङ किराती, निर्देशक तथा कलाकार अनिसहाङ लाओती, राजु पङ्धाक साथै नालीफूङवा कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
सम्मेलन किरात साम्यो नालीफूङवा थुम पान्जुम्भो मोरङ अध्यक्ष आकाश लङवाको अध्यक्षतामा, स्वागत मन्तव्य उपाध्यक्ष कल्पना चबेगुले राखेकी थिइन भने सचिव गगन लिङदमले सञ्चालन गरेका थिए ।
