माङसेबुङ । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्राज्ञिकहरुको समूह किरात साम्नी यम्बुगेनको सार्वजनिक कार्यक्रम भएको छ ।
शुक्रबार माङसेबुङको निजी गुरुआश्रममा मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको देव उपस्थितिमा प्राज्ञिकहरुको समूह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) लाई सार्वजनिक गरिएको हो ।
किरात धर्ममा पहिलो पटक स्थापना भएको किरात भाषा, किरात लिपि र मुन्धुमी साहित्यको लागि यम्बुगेनको कुलपति मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन रहनुभएको छ ।
उपकुलपतिमा क्रमशः डकेन्द्रसिं थेगिम, केहेरसिं योङहाङ र हरिचन्द्र लाओती रहेका छन् । सदस्यहरुमा क्रमश, माङमिङसोहाङ लिङदेन, लछामी सेर्मा पापोहाङ, सेर्मा साम्जीरी सेमी, एन.एस फागो, भिमा खजुम, तेजबहादुर थलङ मनप्रसाद, आङबुहाङ अबोध अविरल र भिम गुरुङ र सदस्य सचिव भगिहाङ नेम्बाङ रहेका छन् ।
लेखकहरुमा, ललितचन्द्र फियाक, खडक सङबाङफे, बुद्धहाङ नेम्बाङ, हरि हुक्पा चोङबाङ, इन्द्र आङदेम्बे, कल्पना लिङदेन, पूर्णकुमारी लिङदेन मनोनित भएका छन् ।
यम्बुगेन घोषणा कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य संघका अध्यक्ष तथा उपकुलपति डकेन्द्रसिं थेगिमले गरे भने सफथ ग्रहणका लागि माङगेन्ना सेवा समितिका अध्यक्ष तथा उपकुलपति केहेरसिं योङहाङले गर्नुभएको थियो ।
सल्लाहकारहरुमा क्रमश, संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा, संघकै महासचिव डिपी साम्पाङ, गुरु निजी सचिव खडक साँबा रहेका छन् ।
