छैटौँ कुसङ तङ्बे पुरुष भलिबल प्रतियोगिता सम्पन्न

  • कबिन तुम्बापो

धनकुटा ३ चैत /  छैटौँ कुसङ येले तङ्बे पुरुष भलिबल प्रतियोगिता हिजो सम्पन्न भएको छ ।


मंगलबार सुरु गरिएको धनकुटा जिल्ला चौविसे गाउँपालिका वडा नं. ८ देउराली भन्ज्याङमा किरात कुसङ येले तङबे ५०८४ को अवसरमा आयोजित प्रतियोगिता बुधबार चौविसे गाउँपलिका अध्यक्ष खजिन्द्र राईको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।


प्रतियोगितामा डाँडाबजार भलिबल टिम विजेता भएको थियो भने आयोजक भलिबल टिम उपविजेता भएको थियो । विजेता डाँडाबजार पुरुष भलिबल टिमलाई नगद ३० हजार र मेडल प्रदान गरिएको थियो ।
त्यस्तै गरी उपविजेता आयोजक पुरुष भलिबल टिमलाई नगद पुरस्कार २० हजार र ट्रफी मेडल प्रदान गरिएको आयोजकले वताए ।

कार्यक्रममा चौविसे ८ नं. वडाध्यक्ष धनबहादुर खजुम, संघीय लिम्बुवान मञ्च नेपाल धनकुटा अध्यक्ष कविर चेम्जोङ, मुख्य प्रायोजक युवा समाजसेवी हरि खजुम,जेफाले निर्माण सेवा प्रा.लि. प्रो. छवि वजी, कमल खड्का, स्व. योङहाङ तिलमाया खजुम स्मृति प्रतिनिधि दिपेन्द्र खजुम, सह प्रायोजकहरु र अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

खेलमा सेकेण्ड रनर उप प्रायोजक स्व. आमा योङ्हाङ तिलमाया खजुम स्मृति प्रतिनिधि दिपेन्द्र खजुम, प्रथम प्रायोजक जेफाले निर्माण प्रा.लि.प्रो.कमल खड्का, सिंहदेवी मा.वि.प्र.अ. तेजबहादुर थापा, केराबारी– २ नं. वडाध्यक्ष प्रेम वजी लिम्बू, चौविसे – ७ नं. वडा अध्यक्ष दुर्गा सुबेदी र चौविसे –८ नं. वडाध्यक्ष धनबहादुर खजुम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हरेक वर्ष चैत १ गते विविध मनोरञ्जनात्मक खेल र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ । पुरुष भलिबल प्रतियोगिता  खेलमा धनकुटाको ओख्रे, डाँडाबजार, चौविसे र मोरङको सिंहदेवी वाराङगी, भोगटेनी लगायतका क्षेत्रबाट प्रतियोगितामा जम्मा ९ टिम सहभागिता रहेको थियो ।

कार्यक्रम समारोह अध्यक्ष आराम थेगिमको अध्यक्षतामा, स्वागत मन्तव्य सचिव टेकबीर युङ्साहाङले राखेका थिए भने सञ्चालन सदस्य श्रीमान खजुमले गरेका थिए ।