कियाचुको ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न ः केन्द्रीय अध्यक्षमा येक्तेन निर्वाचित

  • मुसाहाङ अम्याङ्सा

फेदेन  १ चैत २०७८ / लिम्बू जातीहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशनले प्रेम येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

लिम्बुवान पान्थरको सदरमुकाम फेदेनमा मंगलबार सम्पन्न भएको चुम्लुङको ११ औँ राष्ट्रिय महाधिबेशन  फागुन २८,२९,३० र चैत १ गते सम्म चलेको बन्द सत्रले प्रेम येक्तेनको नेतृत्वमा ३४ सदस्यीय संघीय कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा क्रमशः कमल तिगेला, गोविन्द आङबुङ, कमला फोम्बो र चन्द्र कुमार आङ्देम्बे, महासचिवमा निरन्ती तुम्बापो, उपमहासचिवमा योगेन्द्र पालुङवा, सचिवहरुमा क्रमशः चक्र येक्तेन, दिलकुमारी लिम्बु, भवानी विक्रम सङबाङफे, भिम प्रसाद योङहाङ र कोषाध्यक्षमा अमर तुम्याहाङ निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा पान्थरबाट लक्ष्मण लाओती, कमिता तुम्वापो, मोरङ्बाट सन्तोष सेरेङ, बिमला पालुङवा, भक्तपुरबाट सीता हुक्पा चोङबाङ, काठमाडौंबाट इन्द्र कुमारी लक्सम, आइन्द्र कुमार आङ्बो, सुनसरीबाट कर्ण विक्रम लिम्बू, झापाबाट अमृत योङहाङ, चन्द्रकला सुब्बा, संखुवासभाबाट उत्तम कुमार लिङ्थेप, धनकुटाबाट चन्द्र सिं नेम्बाङ, इलामबाट विष्णु कुमारी तुम्बापो, तेह्रथुमबाट राज्य प्रसाद लुम्फुङ्वा, ताप्लेजुङबाट ठाकुरसिं लिम्बू रहेका छन् ।

यसरी नै लिम्बुवान प्रदेशबाट केन्द्रीय सदस्यहरुमा मनोहर लिम्बू, जीवन प्रकाश सेर्मा, विवेक योेङहाङ, डा. भीम सुब्बा, इक्सा सङबाङ्फे नाल्बो, नेवा ताम्सालिङ प्रदेशबाट रेश्मा खेवाङ र कविराज आङदेम्बे सर्व सम्मतबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक नर प्र. लुम्फुङ्वाले वताए ।