- लाजेहाङ मुसाहाङ
संखुवासभा, २९ फागुन / किरात याक्थुङ चुम्लुङ सभापोखरी वडा नंं ४ संखुवासभाको प्रथम वडा अधिवेशन हिजो सम्पन्न भएको छ ।

शनिबार किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिका उपाध्यक्ष बाबुराम फावेनको प्रमुख आतिथ्यता तथा कियाचु भापोखरी गाउँपालिका सचिव जितेन्द्र वनेमको उपस्थितिमा मंगल सिं थोप्राको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मंगल बहादुर तेम्बे, सचिवमा बुधराज सिंधा, सह सचिवमा अविश्वर वनेम फागो र कोषाध्यक्षमा कमला तेम्वे निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा क्रमशः जनम फावेन, इन्द्र बहादुर थोप्रा, आसमान थोप्रा, अभिशेक वनेम, सुभन्ता वनेम, कविता वनेम, उदय फावेन र थमन तेम्वे रहेका छन् ।
कार्यक्रम कियाचु गाउँपालिका उपाध्यक्ष बाबुराम फावेन फागोको अध्यक्षतमा सम्पन्न भएको कियाचु सभापोखरी गाउँपालिका अध्यक्ष मदन मादेन सेरेङले बताए ।
अधिवेशनले सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार संयोजक बुद्धिमान वनेम, सदस्यहरुमा बल बहादुर तेम्बे, चन्द्रलाल थोप्रा, नन्द प्रसाद फावेन र बुद्ध सिं वनेम रहेको छ ।
