- पोक्लाबाङ् न्यूज कक्ष
पान्थर, २४ फागुन / फालेलुङ गाउँपालिकामा आनी?पान् लिम्बू भाषा शिक्षकहरुका लागि ३ दिने तालिम आज देखि शुरु भएको छ ।

मंगलबार फालेलुङ गाउँपालिकाको केन्द्र थोक्लिम्बामा संचालन भएको तालिममा फालेलुङ्का विभिन्न विद्यालयहरुमा कार्यरत २० जना भन्दा वढि आनी?पान् लिम्बू भाषा शिक्षकहरुको सहभागिता रहेको वताइएको छ । तालिमको सहजीकरण लिम्बू भाषा विकास संस्था (लिल्डा) का अध्यक्ष दिलेन्द्र कुरुम्बाङले गरि रहनु भएको छ ।
फालेलुङ् गाउँपालिकाको सहयोगमा किरात याक्थुङ चुम्लुङ गाउँ कार्य समिति फालेलुङको आयोजनामा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथि फालेलुङ् गाउँपालिका अध्यक्ष सञ्च कुमार केरुङले गर्नु भएको थियो । तालिमको उद्घाटन समारोहमा फालेलुङ गाउँपलिका उपाध्यक्ष हिमा अधिकारी फालेलुङ गाउँपालिको प्रमुख प्रसासकीय अधिकृत विनोद कुमार चौहान र फालेलुङ ३ का वडाध्यक्ष वीर विक्रम थाम्सुहाङको उपस्थिति रहेको थियो ।
तालिममा किरात याक्थुङ चुम्लुङ गाउँ कार्य समिति फालेलुङ अध्यक्ष कुमार केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव गगन चवेगुले वताउनु भएको छ ।
