सेनेहाङ वंशावली पुस्तक विमोचन

तेह्रथुम २० फागुन /  सेच्छेरे सेनेहाङहरुको साझा संस्था सेनेहाङ सेवा समाज तेह्रथुमको दोस्रो केन्द्रीय अधिवेशन विहिवारबाट सुरु भएको छ ।


तेह्रथुमको लालीगुराँस नगरपालिका ६ पिपोरबुङमा वंश,प्रेम,भाषा,धर्म,संस्कार,संस्कृतिलाई सम्मान,समतामूलक समाज निर्माणमा सेनेहाङहरुको अभियान भन्ने मुल नाताका साथ सेनेहाङ लिम्बूको केन्द्रीय अधिबेशनसंगै सेनेहाङ वंशावली पुस्तक विमोचन गरिएको छ ।

सेनेहाङ समुदायकै जेष्ठ नागरिक चन्द्रधोज सेनेहाङको प्रमुख आतिथ्यतामा उद्घघाटन गरिएको कार्यक्रममा वंशावली विमोचन लालीगुराँस नगरपालिका नगरप्रमुख अर्जुनबाबु माबुहाङले गरेका थिए । पुस्तक विमोचन गर्दै माबुहाङले भने लिम्बूको दस्तावेज भनेकै लिखित रुप दिन सक्नु हो, सेनेहाङ समाजले आफ्नो पुस्ताहरुको वंश संकलन गरि वंशावलीलाई पुस्तकको रुप दिनु ऐतिहासिक काम गरेको वताए ।


निक्कै लामो समय खर्च गरेर वंशावली तयार गरिएको समाजका केन्द्रीय अध्यक्ष गणेश सेनेले बताए । कार्यक्रमको अवसरमा वंशावली निर्माणमा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई ताम्रपत्र तथा चाँदीपत्रले समेत सम्मान गरिएको थियो ।


अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने भएको छ ।