धरान / जनता समाजवादी पार्टी, नेपाल धरान उप–महानगरपालिका नंं.९ वडा कार्य समिति गठन भएको छ ।

मंगलबार जसपा नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लाओतीको प्रमुख आतिथ्यतामा भएको गठन भेलाले नवीन कुमार श्रेष्ठको अध्यक्षमा ११ सदस्यीय वडा समिति चयन गरेको हो । जसमा समितिको उपाध्यक्षमा निर्मला राई, सचिवमा सेम लिम्बू, सह– सचिवमा सुमित्रा राई, सदस्यहरुमा क्रमशः– दुर्गा भुजेल, अन्दिला राई, राम जी ठाकुर, भिम कोइराला, विष्णु लिम्बू, राजेन्द्र प्रसाद यादव निर्वाचित भएका छन् ।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपाल जिल्ला सह सचिव सुमित्रा राई, नगर उपाध्यक्ष बिना राई, नगर सह सचिव सुमन चेम्जोङ, नगर कोषाध्यक्ष लक्ष्मी राई, नगर सदस्य लिला राई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम जनता समाजवादी पार्टी, नेपाल धरान उपमहानगर कार्य समिति अध्यक्ष ताजुव लिम्बूको अध्यक्षतामा भएको नगर सचिव कमला रुम्दालीले संचालन गरेकी थिइन ।
