कियाचु मेचीनगर शाखाको सातौं नगर अधिबेशन चाँडै हुने

मेचीनगर, १० फागुन  /  किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर शाखाको सातौं नगर अधिवेशन चाँडै सम्पन्न गरिने भएको छ ।


कियाचु मेचीनगर का. वा. नगर अध्यक्ष धनप्रसाद केरूङले जानकारी दिनुभए अनुसार सातौं नगर अधिवेशन सम्पन्न गर्न विधाननत वडा अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान अनुरूप वडा अधिवेशन लगभग सम्पन्न गरि सकिएको छ । कतिपय वडामा वडा समिति गठन नभएकाहरूमा समेत चुम्लुङ वडा समिति गठन गरिएको छ ।

कियाचु मेचीनगर न.पा. वडा न.१ अध्यक्ष मोहन लिम्बू , वडा न.२ अध्यक्ष देउकुमार लिम्बू, वडा न.३ अध्यक्ष कर्ण लिम्बू, वडा न.४ अध्यक्ष राजकुमार थेबे, वडा न.५ अध्यक्ष हेम सावदेन, वडा न.६ अध्यक्ष प्रकाश सावदेन, वडा न.७ अध्यक्ष किरण कन्दङ्वा, वडा न.८ का अध्यक्ष पुनर्गठन बाँकी, वडा न.९ अध्यक्ष सन्त साम्बा, वडा न.१० अध्यक्ष टेकबहादुर नेम्बाङ्, वडा न.११ अध्यक्ष बिरू लिङ्देन, वडा न.१२ अध्यक्ष नन्द मेन्याङबो, वडा न. १३ अध्यक्ष खबिन थेबे, वडा न.१४ अध्यक्ष बाबुलाल सुब्बा र वडा न. १५ अध्यक्ष काजीमान लिम्बू रहेका छन् । उल्लेखित अध्यक्षहरूको नेतृत्वमा विधान सम्मतका वडा समिति पुनःगठन गरिएको छ भने वडा न. ८ मा पुनःगठन गर्न बाँकी रहेको र सम्भवत यहि फागुन २५ गतेसम्ममा नगर अधिवेशन सम्पन्न गरिसकिने तयारी रहेको का.वा. नगर अध्यक्ष केरूङले वताए ।