प्रश्न ….

कविता

✍🏻 राज कुमार सुब्बा “अनिश्चित “

हांगाहरुले पनि
बोट बलियो हुंदा
जमिनको भर माने जस्तै
केटाकेटीहरु पनि
आमाको भर मान्दा रहेछन्
अंगाल्दो रहेछ रत,रातभर नानिहरु आमा
भोकै निदाए पनि

उमाल्छन् बिचरा गरिबहरु तातो पानी
पिउंछन् मस्तसंग
र सपना देख्छन्
बिल्गेट्स,गागा
अल्वर्ड आइन्सटाईनको

धन्न उनिहरुले
सपना देखे वापत्
राज्यलाई कर
तिर्नु पर्दैन यो देशमा
के गरिबहरुको देश

सपना हुदैनन् ??