कवि सुसारा,स्वर्णिम साहित्य पुरस्कार–२०८२बाट पुरस्कृत हुने

२ वैशाख २०८२, झापा/ पाँचथरमा रहेर साहित्य सृजनामा सक्रिय सगुन सुसारा स्वर्णिम साहित्य पुरस्कार २०८२ बाट पुरस्कृत हुने भएका छन् ।

स्वर्णिम साहित्य समाज, बराहक्षेत्र, सुनसरीले नगद ५० हजार १५१ रुपैंयाँ राशीको उक्त पुरस्कार यस वर्ष पाँचथरका कवि सुसारालाई प्रदान गरिने विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
उत्तरवर्ती सोच साहित्यिक आन्दोलन प्रवर्तक मध्येका एक सुसाराको श्रद्धाको फूल (कथा सङ्ग्रह), फाङफुनको कायाकल्प (कविता सङ्ग्रह), मलाई माया गर्ने मान्छे (गजल संग्रह), मिथक बिम्ब र प्रतीक (तांका सङ्ग्रह) गरी आठ वटा कृति प्रकाशित छन्।

त्यस्तै गरि समाजले स्वर्णिम साहित्य सम्मान–२०८२ बाट बहारक्षेत्र सुनसरीका अग्रज साहित्यकार मान बज्राचार्यलाई पनि नगद ११ हजार १ रुपैंयाँ सहित सम्मान गर्ने विज्ञप्तिमा छ ।