१३औं अन्तर्राष्ट्रिय फाइनल खेलमा म्यानमारसंग २-० ले नेपाल पराजित

काठमाडौं । १३औं पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल आज पराजित भएको छ ।

बुधबार काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २–० ले पराजित हुँदै नेपाल १३ औं पटक उपविजेता बनेको हो । नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल हो ।

नेपालले अहिले सम्म फाइनल खेलेर उपविजेतामा चित्त बुझाउनु परेको खेलहरु:-

साफ महिला च्याम्पियनसिप
२०१० फाइनल  : भारतसँग १–० ले पराजित
२०१२ फाइनल : भारतसँग ३–१ ले पराजित
२०१४ फाइनल : भारतसँग ६–० ले पराजित
२०१९ फाइनल : भारतसँग ३–१ ले पराजित
२०२२ फाइनल : बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल : बंगलादेशसँग २–१ ले पराजित

दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनल  : भारतसँग ३–१ ले पराजित
२०१६ फाइनल  : भारतसँग ४–० ले पराजित
२०१९ फाइनल  : भारतसँग २–० ले पराजित

२०१९ हिरो वुमन्स गोल्डकप
फाइनल  : म्यानमारसँग ३–१ ले पराजित

२०१९ नादेज्दा कप
फाइनल : उज्वेकिस्तानसँग ३–२ ले पराजित

२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनल : जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित

२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसिप
फाइनल : म्यानमार २–० नेपाल ।