नकआउट वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको टाइसिट सार्वजनिक

फागुन १३, दुर्दिम्बा/ शिवरात्री मेला आयोजक समितिद्वारा आयोजित नकआउट वडास्तरिय पुरुष भलिबल २०८१ को टाइसिट सार्वजनिक भएको छ ।आयोजक शिवरात्री मेला आयोजक समितिले सोमबार सार्वजनिक  गरेको टाइसिटमा १२ टिमको सहभागिता रहेको छ ।

पाँचथर मिक्लाजङ -८ दुर्दिम्बा स्थित सोमबारे बजारको आदिवासी सामुदायिक खेलमैदानमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल हाङगुम  र आयोजकबिच फागुन १४ गतेको बिहान ११ बजे हुनेछ ।

फागुन १४ गतेबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल १६ गते हुने भएको छ । प्रतियोगिताको प्रथम विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । इन्ट्री शुल्क एक हजार पाँच सय रुपैयाँ रहेको आयोजकले वताए ।

यसैगरी शिवरात्री मेलामा बृहत सास्कृतिक कार्यक्रम समेत हुने भएको छ । शिवरात्री मेलामा सांगीतिक द भोईस अफ नेपाल सिजन ५ का फाइनलिस्ट नोगेन (हाङसरुम्बा थेगिम)लिम्बु र यसैगरि ब्याटलसम्म पुग्नुभएका अमृत (कुरुम्बाङ) लिम्बु साथै स्थानीय कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहने गणेश वाजीले जानकारी दिए ।