- विष्णु पोखरेल
दमक,२४ माघ / झापाको गौरीगन्ज गाउँपालिकाले बाटेको धुपमा आत्मनिर्भर बन्नका लागि महिलाहरुलाई सिप सहित आवस्यक सामग्री जुटाउन सहयोग गर्ने भएको छ ।
बिहिवार गौरिगन्ज गाउँपालिकामा दिव्यदृष्टि भेनेरेसन एन्ड एग्रो कर्न्सन (पुजा सामग्री उद्योग) कमल गाउँपालिकाले गौरीगन्ज गाउँपालिकाको सहयोगमा आयोजना गरेको तीन दिने बाटेको धुप बनाउने र वजारीकरण सम्बन्धिको तालिम समापनमा पालिका अध्यक्ष फुलवती राजबंशीले रोजगार बन्न चाहनेहरुलाई सहयोग गर्ने बताउनु भएको हो ।
तालिम समापनमा बोल्दै ३ दिनमा पोख्त भएर प्याकेजिङ सहितको धुप बनाएको देख्दा यो कार्यक्रम सफल भएको पाएको वहाँले जनाउनु भएको थियो । वहाँले महिलाहरुले बनाएको धुप प्याकेजिङ गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो । कहाँ बिक्री गर्ने भन्ने चिन्ता नलिइ उत्पादन गर्न आग्रह गर्दै वजारीकरणमा सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको थियो ।
गाउँपालिका उपाध्यक्ष पुजन कुवरले सोचे भन्दा तालिम धेरै राम्रो भएको र दिव्यदृष्टि ब्राण्ड आफैमा पनि नाम चलेको उल्लेख गर्दै बजारीकरणमा समस्या नहुनेमा ढुक्क रहेको बताउनु भयो ।
युवाहरुलाई रोजगारमा जोडन, महिलाहरुलाई आत्मनिर्भर बनाउन सीपसंगै वजारीकरणको आवस्यक रहेको वहाँको भनाइ थियो ।
दिव्यदृष्टिकी संचालिका बबिता तिम्सिनाले बजारमा आफुहरुले गुणस्तरीय बाटेको धुप उपलब्ध गराउदै आएको र ५० भन्दा बढी महिलाहरुलाई यसका लागि जोडेको बताउनु भयो । स्थानीय सरकारसग मिलेर स्थानिय उत्पादन स्थानीय वजारीकरणमा सहयोग कार्यक्रम आफुहरुले ल्याएको जानकारी दिनु भयो ।
महिला तथा बालबालिका शाखा प्रमुख पुजा घिमिरेले स्वागत भनाइ राख्नु भएको कार्यक्रममा बाटेको धुपले स्वास्थ्यमा पार्ने सकारत्मक फाइदाबारे आयुर्बेद स्वास्थ्यकर्मी टेकनाथ अर्यालले जानकारी गराउनु भयो ।
तालिमममा सहभागीहरुलाई धुपी, पहाडे कागज पनि उपलब्ध गराएको थियो । तालिमको सहजीकरण बबिता तिम्सिना र शोबिता गिरीले गर्नु भएको बताइएको छ ।
कार्यक्रममा पाथिभरा हेल्थ एण्ड वेलनेस फाउन्डेसनका अध्यक्ष समेत रहनु भएका दिब्यदृष्टि पुजा सामाग्री उत्पादन उध्योगका संचालक बिष्णुप्रसाद पोखरेलले गौरीगन्ज गाउँपालिकामा केही नयाँ परियोजना शुरु गर्ने घोषणा गर्नु भएको थियो ।
फाउन्डेसनका महासचिव अर्जुन पौडेलले स्थानिय उत्पादनको प्रबर्द्धन गर्न आफुहरु सधै आतुर रहेको बताउनु भयो ।

