७ माघ,फेदेन/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको तेस्रो महाधिबेशन सम्पन्न भएको छ ।
शनिबार जिल्ला समन्वय समिति जिल्ला समिति पाँचथरको भवनमा माघ ५,६ र ७ गतेसम्म चलेको महाधिवेशनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको तेस्रो महाधिबेशनबाट बिजयबोध लौतीको अध्यक्षतामा १२ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा खनेन्द्रकुमार राई अर्जुन,महिला उपाध्यक्षमा सुप्रीया राई, महासचिवमा लीलाबहादुर सुनुवार,संगठन सचिवमा रामचन्द्र रामचन्द्र बोम्जन तामाङ,संस्थागत सचिवमा दिल बहादुर राई र कोषाध्यक्षमा सन्दिप याम्फु चयन भएका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा क्रमश: अरुणकुमार राई,अजय सन्तोषी राई,कृष्ण फुरुम्बो लिम्बू,मौसम सङ्बाङ्फे, महिला सदस्यहरुमा रमिला द्नुवार,मेनुका बोम्जन, निसा राई,संस्थागत सदस्यहरुमा अमित तामाङ,जयराम पुर्वछाने मगर,श्रवण चौधरी,निस्चल राजभण्डारी र अल्पसंख्यक सदस्यमा नेत्रकुमार सुनुवार चयन भएको निर्वाचन समिति संयोजक दिपिन राईले बताए ।
