चौबिसेमा लिम्बू भाषा शिक्षा छात्रवृति पुरस्कार वितरण सम्पन्न

  •  मुसाहाङ अम्याङसा फेदाप्पे

६ माघ,धनकुटा / लिम्बू भाषा शिक्षा छात्रवृति पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार धनकुटाको चौबिसे गाउँपालिकाको कार्यलय भवन राजारानीमा लिम्बू भाषा शिक्षा छात्रवृति पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रममा चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको प्रमुख आतिथ्यतामा सहयोग दाताहरुको आर्थिक सहयोगमा याक्थुङ लेखक संघ धनकुटा जिल्ला कार्य समितिको आयोजनामा शैक्षिक सत्र २०८० मा लिम्बू भाषा शिक्षा कक्षा १२ को वार्षिक परीक्षामा सर्बोत्कृष्ट प्राप्ताङक ल्याएर नेपाल भरिबाट छात्रा र छात्रतर्फबाट एक/एक जनालाई प्रदान गरेको छ ।
कार्यक्रममा छात्रातर्फ बोर्ड टपर हुने केराबारी – २ मोरङको बसन्ता माङयुङ र छात्रतर्फ इम्बुङ पान्थरको मिलन फेजोङ नेम्बाङलाई छात्रवृति वितरण गरिएको छ।

यसैगरी लिम्बू भाषा शिक्षा अध्यापन गर्न सुरु गरेको बर्ष देखि लगातार बोर्ड टप्पर निकाल्न सफल श्री सरस्वती मा.वि. केराबारी – १, पाटी मोरङ शिक्षक सुक्र आङदेम्बेलाई पनि सम्मानपत्रद्वारा सम्मान गरेको छ ।

यसै नै वि.सं. २०६४ साल देखि सानै उमेरमा साहित्य लेखनमा प्रवेश गरि निरन्तर कलम चलाइरहेका साथै हालै मात्र तक्सङ माइली कविता सङग्रह प्रकाशन गर्ने चौबिसे -८, देउराली धनकुटा/कवि श्रीमान खजुमलाई सम्मान गरेको अध्यक्ष तुम्बापोले बताए ।

त्यसरी नै लिम्बू भाषा शिक्षा कक्षा ११ र १२ उर्तिर्ण हुर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ।कार्यक्रममा चौबिसे गाउँपालिका उपाध्यक्ष टंकमाया मगर,याक्थुङ लेखक संघ केन्द्रीय सदस्य केजी सुब्बा लगायतले शुभकामना राखेका थिए ।

कार्यक्रम याक्थुङ लेखक संघ धनकुटा जिल्ला अध्यक्ष कविन तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य या.ले.स. धनकुटा जिल्ला सदस्य/कवि दिवा चेम्जोङले राखेका थिए । संचालन सचिव टीका थोक्लेनले गरेका थिए ।